Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सहकारीबाट चोरी

हाम्रो कोशी आवाज
मंसिर २४ २०७७, बुधबार
धरानको सहकारीबाट चोरी

धरानः धरान–६ पानबारीस्थित निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालयबाट १५ लाख ९८ हजार रुपैयाँ चोरी भएको छ ।
संस्थाका अध्यक्ष चन्द्रबहादुर सुवेदीका अनुसार सो रकम आज (बुधबार) कसैलाई बुझाउन ल्याइएको हो ।
‘सञ्चालकले आज कसैलाई रकम बुझाउने हिसाबले त्यहाँ जम्मा गरिएको बताएका छन्’, उनले भने, ‘तर दिन नपाई राति नै चोरी भएको पाइएको छ ।’
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले १५ लाख ९८ हजार रूपैयाँ चोरी भएको जानकारी दिए । सहकारीको झ्यालबाट छिरेको सिसिटिभीले कैद गरेको छ । सहकारीका अध्यक्ष सुवेदीका अनुसार चोरले कार्यालयभित्र रहेको लकर खोलेर त्यतिको रकम चोरेका हुन् ।
‘झ्यालबाट छिरेको चोरले टेबलको घर्रामा रहेको लकरको चाबी झिकेर लकर खोली पैसा लिएर फरार भएको देखिएको छ’, डिएसपी बस्नेतले भने, ‘पिपिइ, मास्कसहित पसेका युवाको पहिचान हुन सकेको छैन ।’
बुधबार बिहान करिब २ बजेको समयमा चोरी भएको देखिएको उनले जानकारी दिए । तीनजना समूहमा बनाएर युवा त्यहाँ पुगेको फुटेजमा देखिन्छ । प्रहरीले ‘डग’समेत लगेर अनुसन्धान गरेपनि पार लगाउन नसकिएको उनले जानकारी दिए ।
पानबारी प्रहरी इन्चार्ज सई भेषराज राउतका अनुसार बिहान सफाइ कर्मचारी आउँदा सहकारीको झ्याल फुटेको देखेपछि उनले सहकारीका अध्यक्ष चन्द्र सुवेदीलाई खबर गरेका थिए । संस्थाको झ्याल र ग्रिलको सटर समेत फुटेको छ ।

प्रकाशित मिति: मंसिर २४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend