Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानले आफ्नै फार्मेसी चलाउन भवन बनाउँदै

हाम्रो कोशी आवाज
मंसिर २४ २०७७, बुधबार
धरानको बीपी प्रतिष्ठानले आफ्नै फार्मेसी चलाउन भवन बनाउँदै

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै फार्मेसी चलाउने भएको छ ।
प्रतिष्ठानको बन्दै गरेको फार्मेसी भवनको ६५ प्रतिशत काम सम्पन्न भएको प्रतिष्ठानका सिभिल इन्जनियरिङ शाखा प्रमुख इञ्जिनियर विकास बस्यालले जानकारी दिए । भवन १२ करोड ३७ लाख रूपैयाँ निर्माण भइरहेको छ ।
यस्तै, प्रतिष्ठानको बन्द रहेको फार्मेसी सञ्चालनमा आएको छ । फार्मेसी सञ्चालन, व्यवस्थापन तथा अनुगमनका लागि समिति गठन गरी कार्यहरू अगाडि बढाइएको उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले जानकारी दिए ।
हाल डा. दिलिप ठाकुरको संयोजकत्वमा समितिले फार्मेसी सञ्चालन, व्यवस्थापन तथा अनुगमनका कार्यहरू गरिरहेको जनाइएको छ । समिति गठन भएलगत्तै सबै विभागहरूसंग औषधि आवश्यकताको वार्षिक माग गरिएको डा. ठाकुरले जानकारी गराए । हाल इमरजेन्सी र गाइनो तथा बच्चा इमरजेन्सी वार्डमा रहेको फार्मेसी सञ्चालनमा रहेको जनाइएको छ ।
अबको केहीदिनमा प्रतिष्ठानको विभागहरूमा आउने ८० प्रतिशत बिरामीहरूको समस्याको लागि चाहिने औषधि प्रतिष्ठानको फार्मेसीमा नै उपलब्ध हुने जनाइएको छ । फार्मेसी पूर्णरूपमा सञ्चालनमा आएपछि बिरामीले उचित मूल्यमा औषधि प्राप्त गर्ने र ठगिनबाट जोगिने जनाइएको छ ।

प्रकाशित मिति: मंसिर २४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend