Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘बीपी प्रतिष्ठानलाई पुरानै साखमा फर्काऔं’

हाम्रो कोशी आवाज
मंसिर २६ २०७७, शुक्रबार
‘बीपी प्रतिष्ठानलाई पुरानै साखमा फर्काऔं’

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबारदेखि शुरू भएको २७ औं वार्षिक साइन्टिफिक कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले सबै मिलेर प्रतिष्ठानलाई स्वास्थ्य सेवा, शिक्षा तथा अनुसन्धानमा उत्कृष्ट बनाउँदै पुरानै साखमा फर्काउन जरूरी रहेको बताए ।
कोरोना जोखिमका बीच शुक्रबार सम्पन्न भएको साइन्टिफिकको समापन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘प्रतिष्ठानमा हरेक वर्ष हुने साइन्टिफिक कार्यक्रम विभिन्न अनुसन्धाकर्ताको लागि विचार, विधी उत्खनन गर्ने बलियो मञ्च भएको छ । अब प्रतिष्ठानलाई स्वास्थ्य शिक्षा तथा अनुसन्धानमा उत्कृष्ट बनाउँदै पुरानै साखमा फर्काउनु आजको आवश्यकता हो ।’
१ सय ४९ वटा एबस्ट्राक (अनुसन्धानका सार्राश) मध्ये विभिन्न विधाका उत्कृष्ट ५ वटा एबस्ट्राकलाई समापनका बेला पुरस्कृत समेत गरिएको छ । जस अन्तर्गत वेस्ट ओरल पेपर फ्याक्लटी विधामा डा. अभिनय लुइँटेल बिजेता बनेका छन् भने बेस्ट ओरल पेपर पोस्ट ग्राजुएट विधामा रमु महर्जन र बेस्ट ओरल, पोष्टर केस रिपोर्ट पोस्ट ग्राजुएट विधामा डा. पुष्पा उपाध्याय विजयी बनिन् ।
यसैगरी, बेस्ट ओरल पेपर अन्डर ग्राजुएट विधामा जगतकिरण ओली र बेस्ट पोस्टर अन्डर ग्राजुएट विधामा निशान्त डल्लाकोटी विजयी बनेका छन । अर्को पोस्ट ग्राजुएटको अरिजिनल आर्टिकल पोस्टर विधामा भने कुनै पनि एबस्ट्राक प्राप्त नभएको आयोजकले जनाएको छ । बिजेतालाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो । एबस्ट्राकका लागि विभिन्न विभागका प्रा.डा. तथा डाक्टरहरू गरी २६ जना निर्णायकहरू रहेका थिए ।
कोभिडको कारण यसवर्ष पहिलो पटक डिजिटल प्लाटफर्ममा कार्यक्रम गरीएकोमा अघिल्ला वर्षहरू भन्दा बढी सहभागी भएको कन्भेनर प्याथोलोजी विभागका प्रमुख प्रा.डा. परिचा उपाध्यायले जानकारी गराइन् । ‘एभिडेन्स म्याटर्सः प्रोमोटिङ रिसर्च अमिड्स्ट द ग्लोबल पान्डेमिक’ थिममा यसवर्ष आयोजित कार्यक्रमको समापनका बेला प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा. डा. गुरूप्रसाद खनाल, डिन प्रा. डा. शिवेन्द्र झा, सहायक डिन डा. अजय यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंसिर २६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend