Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भोजपुरमा दुई युवा मिलेर थाले व्यवसायिक तीतेपाती खेती

हाम्रो कोशी आवाज
पुष ३ २०७७, शुक्रबार
भोजपुरमा दुई युवा मिलेर थाले व्यवसायिक तीतेपाती खेती

भोजपुुरः भोजपुरमा पहिलोपटक भुवादार जापानी तीतेपातीको व्यावसायिक खेतीको सुरुवात गरिएको छ ।
थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोगविहीन जमिनलाई सदूपयोग गर्ने लक्ष्यका साथ यसको खेती सुरुवात गरिएको हो ।
अरुण गाउँपालिका–४ चरम्बी रयाङका दुई युवा मिलेर तीतेपातीको व्यावसायिक खेतीको सुरु गरेका हुन् । छोटो समयमा उत्पादन हुने तथा विभिन्न जडिबुटीका लागि बजार मागसमेत राम्रो भएकाले यो खेतीको सुरुवात गरेको उनीहरुले बताएका छन् । उनीहरुले सङ्खुवासभाबाट विरुवा ल्याएर झण्डै दुई रोपनी क्षेत्रफलमा तीतेपातीको खेती सुरु गरेका हुन् ।
अहिले दुई रोपनी क्षेत्रफलमा परीक्षणको रूपमा लगाएको र आर्थिक तथा प्राविधिक सहयोग भएमा थप ६० रोपनी क्षेत्रफलमा विस्तार गर्ने योजना रहेको किसान झिलबहादुर राईले बताउनुभयो । कच्चा पदार्थको रूपमा तीतेपातीको सुकेको पात तथा डाँठ प्रतिकेजी ५० रुपैयाँमा बिक्री हुने गरेको उहाँको भनाइ छ ।

प्रकाशित मिति: पुष ३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend