Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मुख्यमन्त्री राईद्वारा सडक शिलान्यास

हाम्रो कोशी आवाज
पुष ५ २०७७, आइतबार
धरानमा मुख्यमन्त्री राईद्वारा सडक शिलान्यास

धरानः धरानको स्वस्तिक चोकदेखि मङ्गलबारेसम्मको सडकको शिलान्यास भएको छ ।
चतरालाइनस्थित पानी ट्याङ्कीदेखि मङ्गलबारेसम्म पुग्ने सडक जीर्ण थियो । ठाउँ–ठाउँमा पिच उप्किएको छ । यसअघि पनि पटक–पटक भत्किँदै पिच बनेको यो सडक यसपटक झन जीर्ण बनेको हो । सडकमा अहिले खाल्डाखुल्डी समेत छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सडकको शिलान्यास गरे । कार्यक्रममा प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, उमिता विश्वकर्मा, धरान उपमहानगरपालिकाका मेयर, उपमेयर पनि उपस्थित थिए । धरान–११ का वडाध्यक्ष बाबुलाल लामा भने सो सडकका लागि टेण्डर परिसकेको बताए । सडक गुणस्तरीय बन्ने उनको दावी छ । ‘अब सडक पिच गरिसकेपछि धेरै वर्ष टिक्ने नै बन्छ’, उनले भने ।
सो सडक ६ करोड २४ लाख ६२ हजार ३ सय ५९ रुपैयाँमा बन्न लागेको हो । कार्तिकमा सम्झौता भएको सडकको वर्षदिनमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
उनले सो सडकको ५० फिटको बन्न लागेको जानकारी दिए । ‘अधिकांशको घरको वालसमेत जान्छ तर पनि सबैले सहयोग गर्नुभएको छ’, वडाध्यष लामाले भने, ‘धरान उपमहानगरपालिकाको मापदण्डअनुसारको सडक बनाउने तयारीमा छौं ।’ उनले भने ।
अहिले सडक कच्ची बन्दा धरान हुँदै चतरा, कालाबञ्जर, भरौल जाने ठूला सवारीका साथै मोटरसाइकलहरूलाई आवागमन गर्न समस्या पर्ने गरेको स्थानीयको भनाइ छ । यसले गर्दा सवारी दुर्घटनाको जोखिम पनि बढ्दो छ ।
‘यसअघि दुईपटक बनेको सो सडक उपमहानगरपालिकाले बनाएको होइन, त्यो सडक अन्य ठाउँमा फ्रिज भएको बजेटले बनेको हो, त्यही भएर पनि पक्की सडक कच्ची बनेको हो, अब उपमहानगरपालिकाले नै बनाउँछ, गुणस्तरीय खालको बनाउँछ ।’ उनले भने । तस्वीरहरुः लक्ष्मण थापा

प्रकाशित मिति: पुष ५ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend