धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एक वृद्ध पुरुषको मृत्यु भएको छ ।
विराटनगर–२ का ६३ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ । उनमा पहिलादेखि नै दीर्घरोगसम्बन्धी समस्या थियो । उनी पुस ९ गते अस्पताल भर्ना भएका थिए ।
उनमा ९ गते नै कोरोना पुष्टि भएको थियो । उनको शुक्रबार ८ः१० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।