Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रधानमन्त्री क्रिकेट कपको उपाधि प्रदेश १ ले जित्यो

हाम्रो कोशी आवाज
पुष १९ २०७७, आइतबार
प्रधानमन्त्री क्रिकेट कपको उपाधि प्रदेश १ ले जित्यो

धरान: प्रधानमन्त्री कप टी ट्वान्टी राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपधि प्रदेश नम्बर १ ले जितेको छ। एपिएफलाई ६ रनले हराउँदै प्रदेश नम्बर १ ले उपाधि जितेको हो। प्रदेश नम्बर १ ले दिएको १०६ रनको लक्ष्य पछ्याएको एपिएफले पूरा २० ओभर खैल्दै ७ विकेट जाँदा ९९ रन मात्र बनाउन सक्यो।
३० बलमा ३६ रन चाहिएको अवस्थामा बढेको एपिएफले अन्तिम ६ बलमा १३ रन बनाउनुपर्ने चुनौतीसम्म पुगेको थियो। जहाँ प्रदेश नम्बर १ ले सम्हालिएको बलिङ गर्दै उपाधि जितेको छ। उपाधिसँगै प्रदेश नम्बर १ ले पाँच लाख रुपैयाँ पाउनेछ।
एपिएफका लागि ज्योति पाण्डेले १५ बलमा १४ रन, इन्दु बर्माले ८ बलमा ७ रन, सरिता मगरले ५ बलमा ६ रन, सोनु खड्काले १ बलमा १ रन, ममता चौधरीले ४७ बलमा ३४ रन, करुणा भण्डारीले ३६ बलमा २६ रन बनाए। चोटमा रहेकी कप्तान सीता राना मगर पछिल्लो क्रममा ब्याटिङमा आएर ३ बलमा २ रन बनाइन्।
प्रदेश नम्बर १ का लागि रुबिना क्षेत्री र एलिशा खडियाले दुई–दुई साथै संगीता राईले एक विकेट लिइन्। दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले पूरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १०५ रन बनाएको थियो। जसमा अप्सरी बेगमले ४५ बलमा ३४ रन साथै रुबिना क्षेत्रीले ३२ बलमा १८ रन बनाए। काजल श्रेष्ठले २६ बलमा अविजित २९ रन बनाइन्। एपिएफका लागि सीता राना मगरले तीन साथै करुणा भण्डारीले एक विकेट लिइन्।
शनिबार भएको सेमिफाइनलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराएको थियो। प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले हराएको थियो। ८ टिम सहभागी प्रतियोगितामा गण्डकी प्रदेश र कर्णाली प्रदेश एक खेल नजिति बाहिरिएका थिए भने वागमती प्रदेश र प्रदेश नम्बर २ ले एक–एक खेल जितेका थिए।

प्रकाशित मिति: पुष १९ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • वैज्ञानिकहरूको निष्कर्षः २०७२ को भूकम्पले पनि भोटेकोशी महाप्रलयको बित्यास

    धरानः नेपाल र तिब्बतको सीमावर्ती क्षेत्र लाङटाङ लिरुङमा गएको विनाशकारी बाढी र हिमपहिरोमा मानव सिर्जित जलवायु परिवर्तनको प्रत्यक्ष भूमिका रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्...

    • ९ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend