फुङलिङः ताप्लेजुङमा गत १७ गतेदेखि माघ ८ गतेसम्ममा परिषद गठन गर्ने समय तालिकाका साथ कञ्चनजघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको निर्वाचन सुरु भएको दुईवटा समितिको निर्वाचन पूरा गरेर सुरक्षाको चुनौतीका आएपछि स्थगित भएको छ ।
परिषदमा प्रमुख ७ वटा उपभोक्ता समिति रहेकोमा लालीगँुरास उपभोक्ता पूर्व अध्यक्ष खगेन्द्र फेम्बू र कञ्चनजघा उपभोक्ता समितिका अध्यक्षमा मनकुमार राई निर्वाचित हुनुभएको थियो ।
शान्ति–सुरक्षाको चुनौती आएको र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्त विभागबाट निर्वाचन प्रक्रिया रोक्न निर्देशन आएकोले स्थगित गर्नुपरेको कञ्चनजघा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताउनुभयो । समय अनुकुल भएपछि बाँकी रहेको समूहहरुलाई निर्वाचन गर्ने तिवारीले बताउनुभयो ।
परिषदअन्तर्गत मुख्य ७ उपभोक्ता समितिमा २ समितिको सबै समूह र समितिमा नयाँ नेतृत्व आइसकेको छ । तर ५ उपभोक्ता समितिमा समूहमा निर्वाचन हुन सकेकोे छैन ।
परिषद गठन प्रक्रिया रोक्न नहुने भएपनि अन्तरिक तथा बाह्य तत्वहरुको चलखेल भएकोले परिषद गठन हुन नदिएको परिषद अध्यक्षको उम्मेद्वार तथा पूर्व अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताउनुभयो ।
संरक्षण क्षेत्रमा राजनीति भएको भन्दै अर्का परिषद अध्यक्षको लागि प्रतिद्वन्द्वी पूर्व परिषदका कार्यालय सचिव तेन्जीङ सोमबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलन गर्नुभएको थियो । संरक्षण अधिकृत, प्रतिद्वन्द्वी पूर्व खगेन्द्र फेम्बू साथै प्रशासन समेत आफूलाई हराउन लागेको उहाँले आरोप लगाउनुभयो ।
सूचना समयमै प्रकाशन नगरेको र सूचना लुकाएको आचारसंहिताविपरीत समूह गठन गरेको भन्दै न्यायका लागि अदालत जाने पत्रकार सम्मेलनमा शेर्पाले बताउनुभयो । परिषदअन्तर्गत आमा समूह, उपभोक्ता समूह र सामुदायिक वन उपभोक्ता समूह गरी जम्मा १ यस १८ वटा समूह रहेको छ ।