Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आगलागीले घर सखाप

हाम्रो कोशी आवाज
माघ ५ २०७७, सोमबार
आगलागीले घर सखाप

धरानः धरानमा स्थानीय जनप्रतिनिधि र स्थानीयबासी मिलेर राई परिवारको तीन लाख रूपैयाँ बराबरको घर बनाइदिने भएका छन् । जनप्रतिनिधि र स्थानीयले घर बनाइदिने भएपछि त्यहाँका स्थानीयबासिन्दा समेत हर्षित बनेका छन् । आगलागीपीडित आइतमाया राईको घर बन्न लागेको हो । उनको एक छोरा मात्रै छन् भने श्रीमानको निधन भइसकेको छ ।
उनको घरको सोमबार एक कार्यक्रमका बीच शिलान्यास भएको छ । धरान–३ की जनप्रतिनिधि (वडा सदस्य) उषा सुब्बा, समाजसेवी सर्वजीत राई, मिङमा भोटे, सनमहोम लावती, माया प्रधान, डम्बरकुमारी देवान, राजकुमार श्रेष्ठ, लालकुमार राई, मोनालिसा श्रेष्ठलगायतको उपस्थितिमा शिलान्यास गरिएको छ । वडा सदस्य सुब्बाले बन्ने घरको शिलान्यास गरिन् ।
धरान–३ आइतबारे (पिण्डेश्वरी मन्दिर जाने बाटो छेऊ) निवासी बोल्न नसक्ने (फरक क्षमता) की आइतमायाको घर गत कार्तिक ६ गते जलेर नष्ट भएको थियो । शुरुमा टहराले बारेर नै भएपनि घर बनाउने भनिएपनि अहिले धेरैको साथ र सहयोग मिलेको र दीर्घकालीन टिक्ने घर बन्न लागेको घर बनाउने अभियानमा लागेका अभियन्ता तथा नेकपा नेता मिङमाले जानकारी दिए ।
‘खासमा आगलागी हुनेबित्तिकै टहराले बारेर घर बनाऔं भन्ने सरसल्लाह भएको थियो तर पछि सहयोग गर्ने बचन धेरैबाट आएपछि अहिले वर्षौ टिक्ने बनाउने भन्ने सरसल्लाह भएको छ ।’ उनले भने ।
उनका अनुसार सोमबार नै दीपक तामाङले ५ हजार र एकथान ब्लाङ्केट, सनममोह लावतीले ५ हजार, रिता लिम्बूले ५ हजार, मिङमाले ३ हजार, योगेन्द्र थापाले ५ हजार र एक थान ब्लाङ्केट गरी जम्मा १८ हजार ५ सय रुपैयाँ सहयोग गरेका थिए ।
कार्यक्रममा समाजसेवी सर्वजीतले पनि सक्दो सहयोग गर्ने बचन दिएका छन् भने वडा सदस्य उषाले आफूले पाउँदै आएको एक महिनाको तलब (१० हजार पाँच सय रुपैयाँ) दिने घोषणा गरेकी छिन् ।
कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधि भनेपछि परेको बेला सहयोग गर्ने भएको बताउँदै वडाबासीको लागि जहिल्यै साथ र सहयोग रहिरहने बताइन् । ‘हामीलाई जनताले भोट दिएर पठाउनुभएको छ, यस्तै दुःख र आपतविपद्मा सहयोग गर्ने हो’, उनले भनिन्, ‘यति मात्रै होइन अन्य वडाको भन्दा हाम्रो वडामा विकास निर्माणका धेरै काम पनि भएका छन् ।’ कार्यक्रममा बोल्दै मिङ्माले ३ नं. वडाको विकास निर्माण, शिक्षा, स्वास्थ्य, प्रशासनलगायतका काममा पनि सहयोग गर्दै आएको बताए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: माघ ५ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend