Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धनकुटाको छिन्ताङदेवी: दर्शन गर्नुभयो ?

हाम्रो कोशी आवाज
माघ ५ २०७७, सोमबार
धनकुटाको छिन्ताङदेवी: दर्शन गर्नुभयो ?

धरानः प्रदेश नं. १ को धनकुटा जिल्ला शहिदभूमि गाउँपालिका बिप्लेडाँडामा घनघोर जंगलको बीचमा अवस्थित छिन्ताङ जल्पादेवी मन्दिरबारे धेरैलाई थाहा छ ।
१८ औं पुस्ताको पुजारी नागचुङग डगेन्द्र राईका अनुसार यहाँ पूजाआजका लागि आउने धार्मिक पर्यटक बढ्दै गएको बताउँछन् ।
सो मन्दिरमा औंसी र आइतबारबाहेक सधै नियमित बेलुका ५ बजेपछि मात्र पूजाआज हुने पुजारी राई बताउँछन् । मन्दिरमा सुँगुर, खसीबाहेक परेवा, कुखुरा, बोका, हाँस र राँगाको बली चढाइने गरिएको उनले जानकारी दिए ।
मन्दिर नेपाल सरकारद्वारा नीतिगतरुपमा दर्ता गरी अर्ध सरकारीरुपमा समितिद्वारा सञ्चालित रहेको उनी बताउँछन् । पुजारी राईका अनुसार यहाँको अर्को विशेषता भनेको यहाँ रहेको बाँसको कुनैपनि टुप्पो छैन भने यहाँ धुनीको रुपमा रातदिन कहिले पनि ननिभ्ने गरी आगो बालिने गरिन्छ ।
मंसिरे र बैशाखे पूर्णेमा भब्य मेला लाग्ने यहाँ बलि चढाइएको प्रसादको रुपमा रहेको मासुलाई पकाएर सबै खाएर, सकेरै जानुपर्ने तमोर नदी कटाएर लान नमिल्ने कथन भएपनि यदि लगिहाले अर्कोपल्ट एउटा अण्डा भएपनि भाकल बुझाउनुपर्ने परम्परा रही आएको र नबुझाएमा अनिष्ट समेत हुने पुजारी राईको भनाइ छ ।
छिन्ताङदेवी माताको दर्शन गर्न गएका तमोर नदीको तिरमा भेटिएका धरान–५, पाँचकन्या निवासी धामी गोपाल कार्कीलाई तमोर नदीमा पूजा र छिन्ताङदेवीसँगको सम्बन्ध रहेको बताउँछन् । ‘यहाँको किंवदन्ती अनुसार जो कोहीले पनि यदि जोकोही छिन्ताङदेवीको भाकल बुझाउन जान्छन्, उनीहरुले फर्केर तमोर नदीमा आएर पूजाआजा गर्नैपर्छ । यदि पूजा नगरे भाकल पूरा हुँदैन ।’ उनले भने ।
अजङ्गको रुख झण्डै ५ सय वर्षअघि आफै उम्रेको किंवदन्ती पनि त्यहाँ रहेको छ । नागचुङग जातिको पहिलो पुस्ताले आफ्नो जीविकोपार्जनका लागि खानेकुरा र बेसारको खोजीमा आँखिभुई भन्ने ठाउँमा पुग्दा सो स्थानमा एउटा ब्यक्तिले करकलोको पातमा चिसो माटो दिँदै त्यो व्यक्तिले यो तिमीले लिएर जादाँ जहाँ खुट्टाले ठेस लागेर लड्छौ त्यही स्थानमा यो समान छोडिदिनु भनेको तर त्यो ल्याउने मान्छेले बिर्सेर आफ्नो घरको छानामुनि सिउरेर राखेको किंवदन्ती छ । केहीदिनपछि त्यो व्यक्तिको एकदमै बिरामी परेछन् ।
त्यसपछि एउटा धामीलाई जोखाना देखाउँदा तिमीले एउटा सामान ल्याएको रहेछौ, त्यसलाई भनेझै गर भनेपछि सो कर्कलोको पातको माटोलाई फेरि पुनः लिएर हिँड्दै जाँदा अहिले स्थानमा ठक्कर लागेर छोडी पठाउँदा सो स्थानमा केही समयपश्चात् विरुवा आफै उम्रेको र साथै सोही ठाउँमा जल पनि आफै उम्रेकोले दैविक शक्तिलाई छिन्ताङ जल्पादेवीको रुपमा पुज्दै आएको किंवदन्ती रहेको पुजारी बताउँछन् ।
पुजारी डगेन्द्रका अनुसार सो रुखको अहिलेसम्म कुनै पनि विशेषज्ञहरुले नाम पत्ता लगाउन नसकेको र यो रुख जुनसुकै मौसममा पनि पातहरु जहिले पनि हरियो देखिरहन्छ । मन्दिरमा १२ वर्ष मुनिका अर्थात रजश्वला नभएका बालिकाबाहेक अन्य महिलाहरुलाई प्रवेशमा निषेध गरिएको छ । अन्य महिलाहरुलाई पूजा गर्नु परेमा पुल बाहिरको प्रवेश गेटमा ब्यवस्था मिलाइएको छ ।
तस्वीरहरुः लक्ष्मण थापा

 

प्रकाशित मिति: माघ ५ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend