धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा एक कोरोना संक्रमित वृद्धा महिलाको मृत्यु भएको छ ।
उपचारका क्रममा उनको निधन भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुडामणि पोखरेलले जानकारी दिए । धनकुटा–४ की ७७ वर्षीय वृद्धा महिलाको मङ्गलबार बिहान ६ बजे उपचारको मृत्यु भएको उनले जानकारी दिए ।
उनमा उच्च रक्तचापसम्बन्धी दीर्घरोगको समस्या रहेको उनले जानकारी दिए । धनकुटास्थित जिल्ला अस्पतालबाट रेफर गरिएकी उनमा गत ६ गते कोरोना पुष्टि भएको थियो । उनी गत ४ गते प्रतिष्ठानमा भर्ना भएकी थिइन् । शवको ब्यवस्थापनः स्वास्थ्य मापदण्डअनुसार भइरहेको सहप्रवक्ता पोखरेलले जानकारी दिए ।