Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा यसरी लगाइयो कोरोना खोप

हाम्रो कोशी आवाज
माघ १४ २०७७, बुधबार
धरानको बीपी प्रतिष्ठानमा यसरी लगाइयो कोरोना खोप

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड–१९ विरूद्धको ‘कोभिसिल्ड’ खोप लगाउन सुरू गरिएको छ ।
बिहान साढे १० बजे प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले खोप लगाउँदै अभियानको शुभारम्भ गरेका छन् ।
नेपाल सरकारले बुधबारबाट देशव्यापीरूपमा कोभिड विरूद्धको खोप लगाउने तयारी गरे अनुसार नै प्रतिष्ठानको फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारीलगायतहरूलाई खोप लगाउने कार्य सुरू भएको उपकुलपति गिरीले जानकारी गराए । खोप लगाएपछि आफ्नो स्वास्थ्य स्थिति सामान्य रहेको र खोप शतप्रतिशत सुरक्षित रहेको उनले बताए ।
प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा. डा. गुरू खनाल, रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साह समेतले खोप लगाएका थिए । पदाधिकारीहरूबाट खोप लगाउने कार्य सुरू गरी खोप सुरक्षित रहेको सन्देश प्रवाह गरिएको रजिष्ट्रार रेग्मीले जानकारी गराए । जिल्ला स्वास्थ्य कार्यालयबाट बिहान १ सय ५० भाइल खोप आइपुगेसँगै खोप कार्यक्रम सुरू गरिएको हो ।
१ भाइल खोपमा ५ एमएल हुन्छ, एक जनालाई ०.५ एमएल खोप लगाउनुपर्ने प्रतिष्ठानका सहायक अस्प्ताल निर्देशक डा. प्रमोद बरालले बताए । ‘एक भाइलले ८ देखि ९ जनालाई पुग्ने अनुमान गरिएको छ भने १ सय ५० भाइलले १३ देखि १४ सयलाई पुग्ने अनुमान छ ।’ डा. बरालले भने, खोप लगाएपछि ३० मिनेटसम्म राख्नका लागि व्यवस्था गरिएको छ । खोप लगाएको व्यक्तिलाई केही समस्या देखिन्छ भनि सावधानीका लागि सो प्रक्रिया गरिएको हो । केही भएमा उपचारको लागि सम्पूर्ण व्यवस्था रहेको छ ।’
खोप लगाउनको लागि ५ जनालाई तालिम दिइएको र एक पटकमा ४ जनाले खोप लगाउने व्यवस्था रहेको उनले बताए । प्रतिष्ठानमा कार्यरत २५ सय स्वास्थकर्मी तथा कर्मचारीहरूलाई खोप लगाइनेछ । पहिलो चरणको खोप कार्यक्रम एक साता सम्म चल्ने डा. बरालले जानकारी गराए ।

 

प्रकाशित मिति: माघ १४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend