Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पहिलोपटक विपन्नलाई रासन कार्ड

हाम्रो कोशी आवाज
माघ १७ २०७७, शनिबार
धरानमा पहिलोपटक विपन्नलाई रासन कार्ड

धरानः धरानमा पहिलोपटक विपन्नलाई रासन कार्ड वितरण गरिएको छ ।
धरान-१६ ले पहिलोपटक रासन कार्ड र स्वास्थ्य बिमा कार्ड वितरण गरेको वडाध्यक्ष दिलकुमार गिरीले जानकारी दिए । ‘यो सायद नेपालमै र धरानका २० वटै वडामध्ये पहिलो कार्यक्रम हो’, उनले भने, ‘अन्यले पनि यसको सिको गर्न जरुरी छ ।’
उनका अनुसार पहिलो लटमा ३२ घर परिवारलाई ६ महिनाका लागि पुग्ने रासन वितरण गरिनेछ । शनिबार नै दुईजना भन्दा माथिका परिवार हुनेलाई २५ केजी चामल, दाल, तेल र १ जना परिवार हुनेलाई १५ केजी चामल, दाल, तेल लगायतका खाद्यान्न सामग्री वितरण गरिएको जानकारी दिए ।
सामाजिक सुरक्षा तथा अन्य लक्षित बजेटबाट यस्तो कार्यक्रम ल्याइएको वडा सदस्य सुरेश श्रेष्ठले जानकारी दिए । उनले अझै विपन्न परिवार थपिने क्रम जारी रहेको र उनीहरुलाई पनि रासन कार्ड वितरण गरिने जानकारी दिए ।
यस्तै, स्वास्थ्य बिमा कार्ड पनि शनिबार नै वितरण गरिएको थियो । २० परिवारका १०० जनालाई स्वास्थ्य बिमा कार्ड वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, विशेष अतिथि धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदी, कांग्रेसका नेता मुरारी भट्टराई, नेकपाका नेता हिमाल कार्कीलगायत जनप्रतिनिधिको उपस्थितिमा रासन कार्ड र स्वास्थ्य बिमा कार्ड वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै सभामुख भण्डारीले विपन्न लक्षित यस्तो कार्यक्रम धरानमा पहिलो भएको बताए । उनले राज्य छ भन्ने आभाष दिलाउन यस्तो कार्यक्रम आयोजना गरिनु सह्रानीय भएको बताए । ‘विपन्न लक्षित यस्तो कार्यक्रमले निरन्तरता पाउनुपर्छ भन्ने मेरो जोड हो’, उनले भने । कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाकी उपमेयर भण्डारीले धरानको १६ नं. बाट शुरु भएको यस्तो कार्यक्रम धरानभरी नै हुनुपर्ने बताइन् । ‘यसले जनतालाई ठूलो राहत हुन्छ’, उनले भनिन्, ‘यस्तो कार्यक्रम धरानभरी नै लागू गर्दा हुन्छ ।’
कार्यक्रममा बोल्दै वडाध्यक्ष दिलकुमार गिरीले यस्तो कार्यक्रमले विपन्न वर्ग लाभान्वित हुने धारणा राखे । ‘खासमा भन्ने हो भने हामीले विपन्न घरघर चिहाउँदै यस्तो कार्यक्रम लागू गरेका छौं, आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लानेछौं ।’
तस्वीरहरुः हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: माघ १७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend