धरानः अब धरानमा कुकुर पाल्नुपरे उपमहानगरपालिकामा दर्ता गर्नुपर्ने भएको छ ।
सोमबार उपमहानगरपालिकामा बसेको बैठकले यस्तो निर्णय पारित गरेको हो । घर पालुवा र सडकमा छाडा छोडिएको सामुदायिक कुकुरलाई व्यवस्थापन गर्न यो कार्यविधि तयार भएको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । अब उपमहानगरपालिकामा दर्ता गरेपछि उपमहानगरपालिकाले दर्ता नम्बर र टयाग प्रदान गर्ने उनले जानकारी दिए ।
‘धरान उपमहानगरपालिकाभित्र स्वच्छ र सफा वातावरण कायम गर्न, घरपालुवा तथा सामुदायिक कुकुरहरुबाट हुने प्रदुषण रोक्न, तिनको तथ्यांक राख्न, अध्यावधिक गर्न र कुकुरहरुको व्यवस्थापन गर्ने उद्देश्यले सम्बन्धित महाशाखाबाट सरोकारवालाहरुसँग समेत छलफल गरी तयार गरिएको र कानुन तर्जुमा मस्यौदा समितिको बैठकमा समेत दफावार छलफल तथा सिफारिस समेतको आधारमा कुकुर व्यवस्थापन गर्ने सम्बन्धमा आजको बैठकमा पेश भएको घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापनकार्यविधि, २०७७ स्वीकृत गरेको जनाइएको छ ।
यस्तै, मेयर तिलक राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले अन्य ८ वटा व्यवस्थापन तथा कार्यविधि स्वीकृत गरेको छ । उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले मेलमिलाप सम्बन्धी कार्यविधि, कुकुर व्यवस्थापन कार्यविधि, नगरसभाको मिति तोक्ने, नम्स सम्बन्धमा (मापदण्ड) (तालिम, सेमिनार, गोष्ठी, भ्रमण लगायतको), वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गर्ने, खानेपानी मुहान उपयोग, निर्माण सामाग्री दररेट, उपभोक्ता समितिको प्रतिशत र खरिद गुरुयोजना सम्बन्धमा स्वीकृत गरेको हो ।
न्यायिक समितिले प्रचलितकानुनबमोजिमउजुरीको कारबाही र किनारा गर्दा मेलमिलापकर्तालाई व्यवस्थित गर्न अपनाउनुपर्ने कार्यविधि तय गरी स्पष्टता एकरुपता एवं पारदर्शिता कायम गरी कानुनको शासन तथा न्यायप्रतिको विश्वास कायम राखी मेलमिलापकर्ताहरुलाई व्यवस्थापन गर्ने, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदान गरेको न्यायिक समितिले हेर्ने भनी तोकिएका विवादहरुलाई थप कानुनी व्यवस्था गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४९(३) नं. बमोजिम न्यायिक समितिले आफूले सूचीकृत गरेका मेलमिलापकर्ताबाट मिलापत्र गराउनु पर्ने कानुनी सोही व्यवस्थापन बमोजिम कार्यान्वयन गर्ने स्वीकृत भएको छ ।
नगरसभाको मितितोक्ने सम्बन्धमा आउँदो फागुन १० गते सोमबार गर्ने भनी सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।
धरानउपमहानगरपालिकाको तालिम, गोष्ठी, सेमिनार, कार्यशाला, अध्ययन भ्रमण आदिको पारिश्रमिक, भत्ता एवं अन्यखर्चको मापदण्ड २०७४ को संशोधन पारित गरेको छ । धरानउपमहानगरपालिकाको क्षेत्रभित्र पर्ने विभिन्न खोलाहरुबाट नदीजन्य पदार्थ उत्खनन् तथा व्यवस्थापन गर्ने सम्बन्धी प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरिएको छ । धरान उपमहानगरपालिका क्षेत्रभित्र पर्ने सेउती, सेहरा, अँधेरी, सर्दु र पटनाली खोलाको प्रारम्भिक वातावरणीय परीक्षण गरिएको छ ।
निर्माण सामाग्री दररेट सम्बन्धमानगर प्रमुखबाट माघ १० गते स्वीकृति प्राप्त भएको थियो । स्मार्ट बसपार्क, विद्यालय भवन रेट्रो फिटिङ, नगर कार्यपालिकाभवनको फिनिसिङलगायतको कामका लागि यसअघि प्रयोग नभएका केही आइटमहरु प्रयोग गर्नुपर्ने भएको हुनाले नयाँ आइटमहरु यसअघि पारित दररेटमा समावेश नभएको तथा सो दररेट पारित नगरी लागतअनुमान तयार गर्न नसकिने हुनाले पारित गर्न जरुरी देखिएको हो । स्वीकृत नगर दररेटमा केही आइटमहरु छुट हुन गएको हुनाले लागतअनुमान तयार गर्नका लागिपनि सो छुट आइटमहरुको दररेट स्वीकृत गरिएको हो ।
बैठकमा खानेपानीमुहानको उपयोगका लागि अनुमति दिने सम्बन्धमा ३ वटा उपभोक्ता समितिहरुलाई मुहानको अनुमतिदिई दर्ता गर्ने निर्णय गरिएको छ । स्थानीय तहमा आएको अधिकारका कारण सो कार्यविधि प्रतिवेदन प्रस्तुत गरिएको जनाइएको छ ।
उपभोक्ता समितिको प्रतिशत सम्बन्धमाउपभोक्ता समितिबाट सञ्चालित योजनाहरुमाएकरुपताकायमगर्न सम्बन्धितउपभोक्ता समितिले व्यहोर्नु पर्ने जनसहभागिता रकमको प्रतिशतनिर्धारण गर्नकालागि २०७६ असार १० गतेको कार्यपालिका बैठकबाट निर्णय भएअनुसार ढल निर्माणका लागि ४० प्रतिशत प्रस्तावभएकोमा १० प्रतिशतभनिभुलवशउल्लेख भएको तथा सोही निर्णयमान्यूनतमजनसहभागिता १५ प्रतिशतकायमभएको हुनाले कार्यपालिकाबाट भएको निर्णय कार्यान्वयनमा समस्या देखिएकोले सो निर्णय सच्याउन स्वीकृत गरेको छ ।
खरिद गुरुयोजना सम्बन्धमाआ.व. ०७७–७८ का लागि स्वीकृत केही नगरस्तरीय योजनाहरु कामको प्रकृति तथा बजेटको आकारको कारणबाट चालु आवमै सम्पन्न हुने अवस्थामा नदेखिएको जनाएको छ । त्यस्तो किसिमको योजनाहरु बहुवर्षीय योजनाको रुपमा स्वीकृत गर्नुपर्ने हुन्छ । यसरी बहुवर्षीय योजनाको रुपमा स्वीकृत गर्नका लागि खरिद गुरु योजना स्वीकृत गर्नुपर्ने भएकोले कार्यपालिकासमक्ष पेश गरिएको जनाएको छ । योजना तथा इञ्जिनियरिङ महाशाखाबाट पेश भएको खरिद गुरुयोजना स्वीकृत गर्दै पछाडि पानामा टाँस गर्ने निर्णय भएको छ ।
ज्ञानोदय मावि धरान ११ को थप भवन निर्माण सम्बन्धमा, न्यायिक समितिबाट भएको मिलापत्र कार्यान्वयन सम्बन्धमा, भूमिसम्बन्धी समस्या समाधान सहजीकरण समिति गठन सम्बन्धमालगायत विविध विषयमा भोलि (मङ्गलबार) दिउँसो ३ बजेको कार्यपालिकाको बैठकले छलफल गरेर पारित गर्ने जनाएको छ ।