Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हयुमपाइप अझै अलपत्र

हाम्रो कोशी आवाज
माघ २० २०७७, मंगलबार
हयुमपाइप अझै अलपत्र

फुङलिङः छिमेकी राष्ट्र चीनले दिएका ह्युमपाइप ३ वर्षदेखि नेपाल–चीन सीमाना टिप्ताला भञ्ज्याङमा थन्किएका छन् ।
नियमित यातायात सञ्चालन गर्न ठूला नदी तथा खोलामा राख्न २०७५ मा दिएको फलामका ह्युमपाइप अलपत्र परेका हो । ताप्लेजुङको फक्ताङलुङ गाउँपलिका ७ ओलाङचुङगोला नाकामा राखिएका चीनको डिङजे काउन्टीले दिएका १० वटा ह्युमपाइप तामोर नदीमा प्रयोग गरे नियमित यातायात सञ्चालन गर्नका लागि पाइप दिएको हो ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा नियमित यातायात सञ्चालनका लागि तमोर नदीमा पुल बनाउन दिइएका पाइपहरु गहुङ्गो भएका कारण ल्याउन सम्भव नभएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताए ।
सीमाना कटाएर नेपालतर्फ लडाइएका ह्युमपाइप हिउँदमा हिउँले पुर्ने र वर्षातमा बाहिर देखिने गरेको छ । मित्र राष्ट्रले दिएपनि ल्याएर प्रयोग नर्ग नसकेको प्रवक्ता लामाले बताए । एउटा ह्युमपाइपको १ सय केजी सम्म भएकाले मान्छेले बोक्न नसकिएको हो ।
चीनको डिङजे काउन्टीले १० वटा ह्युमपाइप दिएको हो । ह्युमपाइप गहुङ्गो र धेरै पानीको निकास हुने खालको भएकाले वर्षातमा समेत उपयोगी हुने खालको भएको लामाले बताए । फक्ताङलुङ गाउँपालिकामा नियमित यातायातका साधन चलाउनका लागि प्रति दश मिटरका दरले १० वटा ह्युमपाइपको जम्मा ४० मिटर डिङजे काउन्टीले उपलब्ध गएरको हो । उत्तरमा चीनसँग र दक्षिणमा ताप्लेजुङ सदरमुकाम फुङलिङसँग सीमाना जोडिएको फक्ताङलुङ क्षेत्रफलका हिसाबले नेपालकै तेस्रो ठूलो गाउँपालिका हो । सीमावर्ती क्षेत्रबाटै सुरु भएको तमोर नदी सुनसरीमा सप्तकोसी नदीमा पुगेर मिसिन्छ । यही तमोर नदीमा विभिन्न स्थानमा पुल बनाउनुपर्ने आवश्यकता भएकोले डिङजे काउन्टील ह्युमपाइप उपलब्ध गरएको हो ।
चीनले नेपालको सिमानासम्म १८ चक्के लरीमा पाइप ल्याए छाडिदिए पनि अहिलेसम्म ल्याएर प्रयोग गर्न नसकेको प्रवक्ता लामाले बताए । सडक स्तरोन्नति गरेपछि मात्रै ह्युमपाइप प्रयोगमा ल्याउन सकिने उनको भनाइ छ ।
अहिले ओलाङचुङगोला लोकमार्गलाई फक्ताङलुङ गाउँपालिका ३ थिवादेखि राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर जोडिएको छ । थिवादेखि तमोर कोरिडोर हुँदै फक्ताङलुङ गाउँपालिका ६ इलाडाँडामा अहिले ट्रयाक खोल्ने काम भइरहेको उत्तर दक्षिण लोकमार्गका सूचाना अधिकारी तथा इन्जिनियर माधब पौंडेलले बताए । चीनसँग सडक सञ्जालले जोडिन ६ किलोमिटर मात्र बाँकी रहेको पौडेलले बताए । आगामी असारसम्ममा चीनसँग सडक सञ्जालले जोडिएपछि मात्र चीनले दिएको ह्युमपाइप प्रयोगमा आउने भएको छ ।

प्रकाशित मिति: माघ २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend