Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब मात्रै धरानले फोहोरबाट मोहर कमाउने

हाम्रो कोशी आवाज
माघ २० २०७७, मंगलबार
अब मात्रै धरानले फोहोरबाट मोहर कमाउने

धरानः धरानमा अब फोहोरको व्यवस्थापन हुने भएको छ । यसअघि धरानस्थित चारकोशे जंगलममा फोहोर डढाउँदै आएको उपमहानगरपालिकाले अब फोहोरबाट मोहर कमाउने लक्ष्य राखेको छ ।
आउँदो फागुन १५ गतेबाट प्रारम्भिक प्रशोधन गरिने निर्णय भएको उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिए । मेयर राई, प्रशासन शाखा प्रमुख विदुर खनाल, वातावरण शाखा प्रमुख भेषराज घिमिरे र वातावरण निरीक्षक राजु चौहान, भेञ्चर वेस्टु इनर्जी प्रालिका निर्देशक विपुलराज पाण्डे र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र प्रदेश १ का इञ्जिनियर सुजन पौडेलसहित बसेको संयुक्त छलफलले शहरी फोहोरलाई आउँदो फागुन १५ गतेबाट प्रारम्भिक प्रशोधन गर्ने निर्णय गरेको हो ।
कुहिने फोहोर र नकुहिने फोहोर छुट्याउने मेसिन (सेक्रिगेटर) एक हप्ताभित्रमा भारतबाट छुट्ने बताइएको छ । त्यो मेशिन आइपुगेपछि फोहोरलाई प्रारम्भिक प्रशोधन गरिनेछ । धरानको अव्यवस्थित फोहोर प्रयोग गरी उर्जा उत्पादन गर्ने उद्देश्यले निर्माण सुरु गरिएको फोहोरलाई प्रशोधन गरिने भएको हो ।
२०७४ जेठ २५ गते धरानउपमहानगरपालिका, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र भेन्चर वेष्ट टु ईनर्जि प्रा.लि.बिचत्रिपक्षिय सम्झौता भएको धरान ६ स्थित पानवारीमा वैकल्पिकउर्जा प्रवद्र्धन केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ ।
फोहोरलाई मोहरको रुपमा परिणत गर्न तथा सफा, स्वच्छ र सुन्दर शहर बनाउन सम्झौताअनुसार काम भइरहेको जनाएको छ । अहिले फिडिङको काम भइरहेको छ भने सिभिल संरचनाको कार्य पूर्ण रुपमा सम्पन्न भएको छ ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र भेन्चर वेष्ट टु प्रइनर्जी कम्पनीका अनुसार प्रशोधन केन्द्रमा शहरी फोहोरलाई प्रशोधन गरेर ग्याँस उत्पादन गर्ने र अर्गानिक मल उत्पादन गरिनेछ । नेपाल सरकार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २० प्रतिशत र विश्व बैंकको २० प्रतिशत अनुदान रहेको छ भने भेन्चर वेस्टु इनर्जी प्रालिको ६० प्रतिशत लगानी रहेको छ ।

प्रकाशित मिति: माघ २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend