Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा वृद्धवृद्धाका लागि फनपार्क बन्ने !

हाम्रो कोशी आवाज
माघ २६ २०७७, सोमबार
धरानमा वृद्धवृद्धाका लागि फनपार्क बन्ने !

धरानः धरानस्थित झरना बचत तथा ऋण सहकारी संस्था लि. ले धरानमा वृद्धवृद्धाका लागि फनपार्क बनाइदिने भएको छ ।
संस्थाका अध्यक्ष मानबहादुर मगरले सामाजिक उत्तरदायित्वअन्तर्गत फनपार्कको योजना अघि सारेको जानकारी दिए । आफ्नै भव्य भवनबाट कारोबार शुभारम्भ गरेको सो सहकारीले सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएको अध्यक्ष मगरले जानकारी दिए ।
प्रत्येक एक सदस्यले दिनको एक रुपैयाँको दरले रकम संकलन गर्ने र त्यो फन्डमा जम्मा गरेर यस्तो फनपार्क बनाउन लागेको जानकारी दिए । ‘एक सदस्यबाट दिनको एक रुपैयाँ उठाउने निर्णय गरेका छौं’, उनले थपे, ‘यस रकमले वृद्धवृद्धाका लागि फनपार्क बनाउने परिकल्पना गरेका छौं ।’
संस्थाको परिकल्पनाअनुसार धरानमा एउटा फनपार्क बन्छ, त्यो फनपार्कमा शेयर सदस्यका ६० वर्षभन्दा माथिका आमाबुबा, वृद्धवृद्धा शेयर सदस्य आफैं पनि पुग्नेछन् । त्यहाँ पुगेपछि शेयर सदस्यलाई खाना, खाजाको व्यवस्था गरिने अध्यक्ष मगरले जानकारी दिए । ‘त्यहाँ पुगेपछि दिनभर रमाइलो गर्ने अनि साँझपख फर्र्किने हो’, उनले भने, ‘दिनभरमा योगा, निःशुल्क स्वास्थ्य परीक्षण, डाइटिङ खानेकुरा प्रदान गरिनेछ, र उहाँहरुको टिम हुन्छ, त्यो टिममा उहाँहरुको भलाकुसारी हुन्छ, भनौं उहाँहरुलाई समय बितेको पत्तै हुने छैन ।’
उनले यसको लागि सबैको साथ र सपोर्ट आवश्यक रहेको बताए । ‘हामीहरु हामीलाई आवश्यक पर्ने हरेक सरसामान प्रत्येक दिन खरिद गरिरहेका छौं, हामीहरु प्रत्येक दिन खाना, खाजा खाइरहेका हुन्छौं । हामीहरुले थोरै छुट मात्र माग्ने हो भने दिनको एक रुपैयाँ बचत गर्न कत्ति पनि गाह्रो छैन, हाम्रो एकजनाको एक रुपैयाँ ठूलो रकम होइन तर हाम्रो लक्ष्य ५० हजार सदस्य बनाउने हो, अब ५० हजार जना सदस्यले प्रत्येक दिन एक रुपैयाँ मात्र जम्मा गर्नुभयो भने प्रतयेक दिन ५० हजार जम्मा हुन्छ । मासिक ९५ लाख जम्मा हुन्छ भने एक वर्षमा एक करोड ८० लाख जम्मा हुन जान्छ, त्यसैले तपाई, हाम्रै प्रयासले यो काम बन्ने हो’, उनले थपे ।
यस वर्ष मात्रै संस्थाको गतिविधि हेर्दा
यो सहकारी धरान–९ आचार्यलाइनमा आफ्नै भवनबाट सञ्चालित छ । संस्थाले यसै वर्षबाट एटिएमसहितको कारोबार शुरु गरेको छ । संस्थाले आफ्नै भवनबाट कारोबार सञ्चालन गरी बाँकी भुइँतल्ला र पहिलो तल्ला भाडामा लगाएको छ ।
संस्थाको १० औं साधारणसभाको कारोबार गतिविधि हेर्दा सन्तोषजनक रहेको छ । संस्थाले यस वर्ष मात्रै ५३ करोड ३८ लाख ७९ हजार २ सय ७५ रुपैयाँको कारोबार गर्न सफल बनेको छ । अघिल्लो आवमा ४४ लाख २६ हजार ८ सय ६७ रुपैयाँको कारोबार गरेको संस्थाले यस वर्ष १०.२० प्रतिशतले वृद्धि भई यतिको कारोबार गर्न सफल बनेको छ । यस्तै, संस्थाले ७ करोड २४ लाख १० हजार ५ सय ४२ रपैयाँको कुल आम्दानी गरेको छ भने ३३ लाख ३९ हजार ५ सय ३८ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल बनेको छ ।
आवमा ६ करोड ८८ लाख २१ हजार ७ सय ३ रपैयाँ कुल आम्दानी गरेको संस्थाले गत वर्ष नै खुद मुनाफा ५२ लाख ७७ हजार ७ सय ११ रुपैयाँ गरेको थियो । यस वर्ष खुद मुनाफा भने घटेको हो । यस्तै, संस्थाले गत वर्ष ३७ करोड २४ लाख ४० हजार १ सय १४ रुपैयाँ निक्षेप संकलन गरेको छ भने यस आवमा २.५९ प्रतिशतले वृद्धि भई ३८ करोड २३ लाख ७३ हजार २ सय ८५ रुपैयाँ निक्षेप संकलन गरेको छ ।
कस्तो हो झरना सहकारी ?
के भन्छन् संस्थाका उपाध्यक्ष मानवीर मगर ?
प्रदेश नं. १ सुनसरी जिल्लामा अवस्थित पूर्वको सुन्दर नगरी धरानमाम विभिन्न समुदायहरुको चौतर्फी सशक्तिकरण, आर्थिक, साममाजिक विकास गर्ने उद्देश्यले सहकारी अवधारणासँगसँगै सम्पूर्ण शेयर सदस्यहरुलाई अनिवार्य बचत गर्ने बानीको विकास गराउँदै हरेक शेयर सदस्यलाई उत्पादनमूलक, सीपमूलक, व्यवसायमूलक र सामाजिक क्रियाकलापमा समेत सहभागिता गराउनन सकिने संस्थाको परिकल्पनाअनुरुप केही युवाहरुको नेतृत्वबबाट झरना बचत तथा ऋण सहकारी संस्था लि. को स्थापना भएको हो ।
वि.सं. २०६८ जेठ १९ गते जिल्ला सुनसरी, इनरुवा सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयमा दर्ता नं. ६५÷०६७÷०६८ प्राप्त भई धरानको मुटुमा अवस्थित भानुचोककमा संस्थाको कार्यालयमा ५ जना कर्मचारीसहित कार्यालय स्थापना भएको थियो । विस.नं. २०६८ सालमा ७ जना सदस्यहरुको एक लाख शेयर पुँजीबाट संस्था स्थापना भएकको हो । संस्थाले कम पुँजी भएको, निम्न आय भएका किसान, श्रमिक, साना व्यापारी, उद्यमी, सर्वसाधारण आदिबाट बचत संकलन गरी संकलित रकमलाई सीपमूलक, आयआर्जन, उत्पादनशील आय आार्जन साथै अन्य कार्यमा परिचालन गरी शेयर सदस्यको आर्थिक जीवनस्तर उकास्ने काम गरेकाके पाइन्छ ।
सहकारीको प्रमुख उद्देश्य भनेको निम्नन आाय भएका सदस्यहरुलाई बचत गर्ने बानी बसाल्नु र बचत भएको पुँजीलाई विभिन्न आयमूलक व्यवसायमा साथै अन्य कर्जामा ऋण परिचालन गर्नु नै हो । यसका साथै संस्थाले सामाजिक अभियानअन्तर्गत प्रत्येक वर्ष रक्तदान, वृद्धवृद्धा, बालआश्रमका अनाथ बालबालिकाको लागि स्टेशनरी सामग्री प्रदान, खानेकुरा तथा नगद प्रदान गर्दै आएको छ ।
यस्तै, शेयर सदस्यहरुलाई स्वास्थ्य परीक्षण साथै दन्त शिविर पनि गराउँदै आएको छ । संस्थाका कर्मचारीलाई आधुनिकक युगको प्रविधि सँगै दक्ष बनाउन विभिन्न तालिम, लेखा तथा कर्जा जोखिम, व्यवस्थापकीय र अध्यक्ष जिम्मेवारीको तालिम दिँदै आएको छ । शेयर सदस्य नै संस्थाको बलियो खम्बा हो भन्ने नारासहितत सदस्यका छोराछोरीलाई बाल प्रतिभा नै भविष्यको देशको गहना हो भन्ने नारासहित नृत्य, कविता, गायन प्रतियोगिता आयोजना गर्दै उत्कृष्टलाई नगद पुरस्कार पनि प्रदान गर्दै आएको छ ।
शेयर सदस्यबीच आत्मीयता र भावनालाई उजागर गर्ने हेतुले प्रत्येक वर्ष अन्तर शेयर सदस्य मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गर्दै आएको छ भने हरेक शेयर सदस्य स्वावलम्वन बन्नुपर्छ भन्ने सहकारी शिक्षा सूचना तालिम प्रत्येक महिनामा तालिम दिने संस्थाको उद्देश्यसहित शेयर सदस्य संस्थाको अभिन्न अंग हो भन्ने उद्देश्यले संस्थाको ब्राण्ड बनाउने योजनाले अघि बढिरहेको छ ।

प्रकाशित मिति: माघ २६ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend