धरानः धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत धरान–१७ मा पनि यो कार्यक्रम शुरु भएको छ ।
रोजगार कार्यक्रमअन्तर्गत छनौट भएका रोजगारदातालाई धरान उपमहानगरका मेयर तिलक राई, सामाजिक शाखाका वरिष्ठ अधिकृत गणेशप्रसाद खतिवडालगायतले आवश्यक पर्ने औजार सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।
कार्यवाहक वडाध्यक्ष सुवास बर्देवाका अनुसार १७ नं. वडामा रोजगार कार्यक्रमअन्र्तगत ५ जना छनौट भएका छन् । उनीहरुलाई ३ थान हसियाँ, २ थान दाउ, बुट (जुत्ता), टोपी, लोब्स (पञ्जा) र एप्रोन प्रदान गरिएको छ । उनीहरु धरान–१७ स्थित रहेको सप्तरङ्गी पार्कमा झाडी फँडानी गर्ने र रुख तथा बोटविरुवाको हाँगा काट्ने काम दिइएको छ । अहिले सप्तरंगी पार्क लथालिङ्ग अवस्थामा छ । त्यहाँ सबैतिर झाडीले भरिएको छ । उनीहरुले आजैबाट काम गर्न सुरु गरेका छन् । उनीहरुले दैनिक रुपमा प्रतिव्यक्ति एक जनाले ५ सय १७ रुपैयाँ पारिश्रमिक पाउनेछन् ।
यो वर्ष रोजगार कार्यक्रम अन्र्तगत धरान उपमहानगरका १ सय ५७ जनाले एक सय दिनको लागि काम पाउने छन् ।