धरानः धरानस्थित देशीलाइनका व्यवसायी जुटेका छन् ।
व्यवसायीको हकहित, व्यवस्थापन सुधार तथा आपसी मेलमिलापका लागि देशीलाइनका व्यवसायी जुटेका हुन् ।
सोमबार सम्पन्न भएको भेलाले गंगाराम राईको अध्यक्षतामा ११ सदस्यीय ‘देशीलाइन ब्यवसायी समिति’ नामक संस्था गठन गरेको छ ।
टेकेन्द्र श्रेष्ठ, विनोद तामाङको संयोजकत्व र टोल विकास संस्था देशीलाइनका अध्यक्ष सुधिर लिम्बूको प्रमुख आतिथ्यमा भएको भेलाले नयाँ तदर्थ समिति गठन भएको हो । समितिको उपाध्यक्षमा पदम श्रेष्ठ, सचिवमा टेकेन्द्र श्रेष्ठ, सहसचिवमा विनोद तामाङ र कोषाध्यक्षमा मीना गुरुङ रहेका छन् । यस्तै, सदस्यहरुमा छुनु तामाङ, कविता योङहाङ, सन्तोष राई, युवराज दाहाल, चन्दन साह रहेका छन् ।







