Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा धनकुटाकी संक्रमित महिलाको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन २३ २०७७, आइतबार
धरानमा धनकुटाकी संक्रमित महिलाको मृत्यु

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
उपचारको क्रममा धनकुटाकी कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार धनकुटा–७ की ४० वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान ३ बजे मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई फागुन १२ गते अस्पतालमा भर्ना गरिएकोमा त्यसको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । उनी मधुमेहबाट समेत पीडित थिइन् ।

प्रकाशित मिति: फाल्गुन २३ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend