Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रहरी परिवारका लागि धरान र विराटनगरमा सीपमुलक सौन्दर्यकला तालिम

हाम्रो कोशी आवाज
फाल्गुन २३ २०७७, आइतबार
प्रहरी परिवारका लागि धरान र विराटनगरमा सीपमुलक सौन्दर्यकला तालिम

विराटनगरः १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रहरी परिवारका लागि सीपमुलक सौन्दर्यकला तालिम शुरु भएको छ ।
बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारी तथा अमर, अशक्त प्रहरीका आश्रित परिवारका लागि विराटनगर र धरानमा सञ्चालन हुने सीपमुलक सौन्दर्य कला (ब्युटीसियन) तालिमको शुभारम्भ गरिएको हो ।
प्रदेश प्रहरी कल्याण कोषको सहयोगमा सञ्चालन हुने उक्त ३ महिना अवधिको सौन्दर्य कला (ब्युटी पार्लर) तालिमको समुदघाटन गर्दै १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले बहालवाला, अवकाश प्राप्त तथा अमर, अशक्त प्रहरी कर्मचारीहरुका परिवारलाई प्रदान गरिने सीपबाट आय–आर्जन बढ्न जाने र आश्रित परिवार तथा सन्ततिहरुको वृत्ति विकासमा समेत टेवा पुग्ने अभिप्रायले यस्ता सीपमुलक तालिमहरु सञ्चालन गरिएको बताइन् ।
सौन्दर्य कला (ब्यूटीसियन) तालिमको प्रशिक्षण १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट मात्रै प्रदान गरिदै आएकोमा हाल धेरै भन्दा धेरै प्रहरी परिवारहरुलाई सर्वसुलभ ढंगबाट सहभागी गराउने उद्देश्यअनुरुप तेश्रो समूहको तालिमलाई धरानबाट समेत सञ्चालन गरिएको हो । दुवै स्थानमा आइतबारबाट सञ्चालन हुने तालिममा ३५ जना प्रहरी परिवारहरु प्रशिक्षार्थीको रुपमा सहभागी भएका छन् । तालिम समुदघाटन कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति: फाल्गुन २३ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend