Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झापास्तरीय खुल्ला व्याडमिन्टन, काकडभिट्टाको जोडी बिजेता

हाम्रो कोशी आवाज
फाल्गुन २५ २०७७, मंगलबार
झापास्तरीय खुल्ला व्याडमिन्टन, काकडभिट्टाको जोडी बिजेता

बिर्तामोडः बिर्तामोडमा जारी दोस्रो लायन्स क्लब जिल्लास्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिताको फाइनलमा मेन्स डवलमा प्रनिशसिंह ठकुरी र दीपक घिमिरे काकडभिट्टाको जोडीले जितेको छ ।
नवीन सिलवाल, चााणक्य पाठक बिर्तामोडलाई २२–२०,९–२१ र २१–१९ को अंकमा हराउँदै प्रनिशसिंह ठकुरी, दीपक घिमिरेको जोडिले जितेको हो । जीतसँगै विजेताले नगद २५ हजार नगद र ट्रफी हात पारेका छन् । उपविजेता नविन सिलवाल र चाणक्य पाठकले नगद २० हजार ट्रफीमा चित्त बुझाउनुपरेको छ । यसैगरी तेस्रो हुने जोडीलाई नगद आठ हजार रुपैयाँसहित ट्रफी प्रदान गरियो ।
यस्तै ४५ प्लस डवलमा सञ्जय भक्तराज, गणेश कार्की बिर्तामोडको जोडीले श्रीप्रसाद धिमाल, विष्णु तामाङ काकडभिट्टाको जोडीलाई २१–७, २१–७ को सोजो सेटमा हराउँदै फाइनल जितेका छन् । जीतसँगै सञ्जय र गणेशको जोडीले नगद २० हजार तथा ट्रफी र उपविजेता धिमाल र तामाङले नगद १५ हजार ट्रफी हात पारेका छन् भने तेस्रोलाई नगद पाँच हजार रुपैयाँसहित ट्रफी प्रदान गरियो ।
लायन्स क्लब अफ अनारमनीको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित ‘झापा जिल्लास्तरीय दोस्रो लायन्स खुल्ला व्याडमिटन प्रतियोगिता भएको हो ।
बिर्ता व्याडमिटन क्लवको कवर्ड हलमा भएको सो प्रतियोगितामा खुल्ला तर्फ ३० र भेट्रान तर्फ २३ टिम सहभागी थिए । लायन्स क्लव अफ अनारमनीका अध्यक्ष डा गौरीशंकर झाको अध्यक्षतामा भएको कार्यक्रमकाबीच बिजेता खेलाडीलाई पुरस्कार बितरण गरिएको थियो । प्रतियोगिता समापन समारोहमा लायन्स क्लव अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वानका डिस्ट्रिक भर्गनर टंकबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली नेपाल व्याडमिन्टन संघका केन्द्रीय सदस्य विनोद वस्नेत, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतियोगिता सम्पन्न गर्न सहयोग पु¥याउने दातालाई सम्मान समेत गरिएको कार्यक्रममा दाताले खेल निरन्तरताको लागि शुभकामना दिदै आगामी आगामी वर्षका लागि समेत आफूहरुले पुरस्कारको स्पोन्सर गर्ने घोषणा गरेको लायन्स क्लव अफ अनारमनीका पूर्व अध्यक्ष शैलेन्द्र कुरुङ्वाङले जानकारी दिए । कार्यक्रमको सञ्चालन रविन्द भट्टराईले गरेका थिए ।

प्रकाशित मिति: फाल्गुन २५ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend