Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीको पाँचतारे होटल सञ्चालनको तयारी

हाम्रो कोशी आवाज
फाल्गुन २८ २०७७, शुक्रबार
इटहरीको पाँचतारे होटल सञ्चालनको तयारी

सुनसरीः इटहरीको नयाँ पाँचतारे होटल सञ्चालनको तयारी थालिएको छ ।
होटल परिसर एक बिघा क्षेत्रफलमा फैलिएको छ । १ अर्ब ३० करोड लगानीमा खुल्न लागेको होटलमा गोरखा डिपार्टमेन्टल स्टोरका बलराम आचार्य र इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम पौडेलको संयुक्त लगानी छ ।
होटलका निर्देशक विनोद पौडेलले वैशाखमा होटल सञ्चालन गर्ने लक्ष्य राखिएको जानकारी दिए । होटल ९० वटा कोठाको हुनेछ । जसमध्ये प्रेसिडेन्सियल सुइट रुम १, सुइट रुम ८, एक्जुक्युटिभ रुम १२, डिलक्स रुम २२ र स्ट्यान्डर्ड रुम ४७ वटा छन् । होटलमा स्वीमिङ पुल, हेल्थ क्लब, स्पालगायत पनि रहनेछन् ।
पछिल्लो समय पूर्वमा नयाँ एवं सुविधा सम्पन्न होटलहरु खुल्ने क्रम बढेको छ । प्रदेश १ मा रहेका पर्यटकीयस्थलहरु घुम्न आउने पर्यटकलाई लक्षित गरी खुलेका होटलहरुले यस क्षेत्रको पर्यटन विकास र प्रवद्र्धनको ढोका खुल्ने व्यवसायीको भनाइ छ ।

प्रकाशित मिति: फाल्गुन २८ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend