Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जीप फ्लाइङ र साइक्लिङसहितको रिसोर्ट

हाम्रो कोशी आवाज
चैत्र १ २०७७, आइतबार
जीप फ्लाइङ र साइक्लिङसहितको रिसोर्ट

बिर्तामोडः ​झापाको मध्यभागमा रहेको शिवसताक्षी नगरपालिकास्थित प्रदेश नं. १ कै पहिलो जीप फ्लाइङ र जीप साइक्लिङ सुविधासहितको वाटरपार्क रिसोर्ट सञ्चालनमा आएको छ ।
शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा दुई बिघा पाँच कठ्ठा निजी जग्गामा स्थानीयवासी राजकुमार सङ्ग्रौलाले रु ४२ करोडको लगानीमा वाटर किङ्डम पार्क एन्ड रिसोर्ट प्रालि स्थापना गरेका हुन । शिवसताक्षी धाम, चिल्लागढ, दोमुखाजस्ता प्रख्यात पर्यटकीयस्थल नजिक स्थापित यस रिसोर्टमा स्थापना गरिएको नयाँ र साहसिक मानिएको जीप फ्लाइङ र साइक्लिङले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने विश्वास लिएको सञ्चालक सङ्ग्रौलाले बताए ।
पानीमा खेलेर रमाउन सकिने आठ किसिमका खेल, ४५ मिटर लामो कृत्रिम सुरुङ, समुन्द्री छालको जस्तो वेभ पुल, स्विमिङ पुल, चिल्ड्रेन पुल, सावर डान्स, नाइट क्लब, सोनाबाथ, फिटनेस सेन्टरलगायत अनेकौँ मनोरञ्जनात्मक सुविधाले यो रिसोर्ट झापाको नमूना पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको रिसोर्ट सञ्चालक समितिकी अध्यक्ष मेनुकादेवी सिटौलाले बताए ।

वाटरपार्क डुल्न भारतको सिलिगुढी जान नपर्ने अवस्था सिर्जना गर्न र नाफासँगै सेवाको भावनाले रिसोर्ट सञ्चालन गरिएको उनको भनाइ छ । कोरोना महामारी नियन्त्रण र खोप लगाउने क्रम बढेसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम घटेको हुँदा अब पर्यटकीय चहलपहल बढ्न थालेको उनले बताए ।
रिसोर्टमा मनोरञ्जनका लागि खेल तथा सुविधासँगै बस्न र खानका लागि अलगअलग ननभेज र भेज रेस्टुरेन्ट सञ्चालन गरिएको छ । परिवार र साथीसँग घुमफिरका लागि वाटर किङ्डम रिसोर्ट उपयुक्त स्थान भएको उनको दाबी छ । मुलुकमा पर्यटन क्षेत्रको पुनरुत्थान र आकर्षण बढाउन यस्ता रिसोर्ट खुल्नुपर्ने आवश्यकता रहेको शिवसताक्षी नगरपालिका– ८ का अध्यक्ष केहरसिंह बस्नेतले बताए । आफ्नो क्षेत्रमा खुलेको रिसोर्टलाई नगरकै गौरवको परियोजना ठान्दै उनले त्यसको सफलता र संरक्षणका लागि स्थानीय सरकार सधैं सहयोगी रहने विश्वास व्यक्त गरे ।
रिसोर्ट सञ्चालक समितिका सदस्य गणेश घिमिरेले वार्षिक एक लाखलाई पौडी खेल्नका रिसोर्टभित्र प्रवेश गराउने र निश्चित शुल्क तोकेर दुई हजारलाई यस वर्ष स्वीमिङ पुलको ग्राहक बनाउने लक्ष्य लिएको जानकारी दिए ।

प्रकाशित मिति: चैत्र १ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend