Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको आसरा सुधार केन्द्र तेस्रो वर्षमा

हाम्रो कोशी आवाज
चैत्र २ २०७७, सोमबार
धरानको आसरा सुधार केन्द्र तेस्रो वर्षमा

धरानः आसरा सुधार केन्द्र पानबारी धरानको तेस्रो बार्षीकोत्सव तथा पहिलो साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष सिर्जना थापाले पानसमा दीप प्रज्वलन गरी विधिवत रुपमा समुद्घाटन गरेकी थिइन् ।
आसरा सुधार केन्द्र धरानको प्राङ्गणमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै संघकी अध्यक्ष सिर्जना थापाले दुव्र्यसनमा फँसेका युवा पिढीलाई उपचार, परामर्श तथा पुनस्थापनामार्फत पुर्नजीवन प्रदान गरी समाजको एक प्रतिष्ठित नागरिकको रुपमा पुनस्थापना गर्ने कार्य गर्दै आएको केन्द्रले आगामी दिनमा थप ब्यवस्थित तरिकाले प्रभावकारीरुपमा अगाडि बढ्नुपर्ने बताइन् ।
कार्यक्रममा प्रमुख अतिथी थापाले केन्द्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा केन्द्रका पूर्व व्यवस्थापक पूर्व प्रहरी नायव उपरिक्षक रामजी कट्वाललाई प्रशंसापत्रले सम्मान गरिन् ।
कार्यक्रममा धरान उप–महानगरपालिकाका मेयर तिलक राई, सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, केन्द्रका मानार्थ सदस्य प्रदीप मेन्याङबोले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा केन्द्रले वार्षिकोत्सबको अवसरमा आयोजना गरेको विभिन्न खेलकुद विधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरुलाई नेपाल प्रहरी श्रीमती संघकी महासचिव बबिता पाल तथा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष थापाले पुरस्कार प्रदान गरेका थिए ।
केन्द्रका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थीहरुले गायन, नृत्य तथा कविता वाचन समेत गरेका थिए ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ, प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु, संचालक समितीका पदाधिकारीहरु, केन्द्रका आजिवन सदस्यहरु, स्थानिय जनप्रतिनीधीहरु, सुरक्षा निकायका पदाधिकारीहरु र प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: चैत्र २ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend