विराटनगरः विराटनगरबाट सर्वोच्च शिखर सगरमाथाको जिल्ला सोलुखुम्बुको फाप्लुसम्म मोटर ¥याली हुने भएको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धनमा सघाउन आयोजित रयाली आगामी बिहीबारदेखि शनिबार (चैत १२ देखि १४ गते) सम्म हुने आयोजक नेपाल युवा उद्यमी मञ्च विराटनगरले जनाएको छ ।
मञ्चका अध्यक्ष सृजन प्याकुरेलका अनुसार विराटनगरबाट आगामी बिहीबार बिहान ६ बजे विराटनगरबाट सुरु हुने ¥यालीले बर्दिवास–घुर्मी हुँदै फाप्लुसम्मको ४ सय किलोमिटरको यात्रा तय गर्नेछ। गएकै बाटो १४ गते ¥याली विराटनगर आइपुग्नेछ । यात्राका सहभागीले गर्मि र यति बेला पनि चिसो रहेका ठाउँहरूको अनुभव गर्नेछन् ।
विराटनगर आइपुग्दा सहभागीले ८ सय किलोमिटरको दूरी पूरा गर्नेछन् । सहभागी १२ गते साँझसम्म फाप्लु पुगिसक्ने योजना छ । मञ्चका अनुसार रयालीका सहभागीहरूले आगामी शुक्रबार दिनभर सोलुखुम्बु सदरमुकाम सल्लेरी र नजिकैको फाप्लु बजारमा घुम्न पाउनेछन् । उनीहरू शनिबार बिहान ६ बजे फाप्लुबाट प्रस्थान गरेर साँझसम्म विराटनगर आइपुग्ने छन् ।
रयालीमा १५ देखि २० मोटरलाई सहभागी गराइने अध्यक्ष प्याकुरेलले बताए । एउटा मोटर, जिप, कार वा भ्यान लगायतका सवारी बढीमा ४ जनासम्म हुनेछन् । सहभागीलाई पहिलो दिन बिहानदेखि अन्तिम दिनको साँझसम्म खाना, खाजा, आवास र यात्रा पूरा गरेपछि प्रमाणपत्रको व्यवस्था मञ्चले गर्ने भएको छ ।
विभिन्न अवसरमा भारत र अन्य मुलुकका पर्यटकीय गन्तव्य रुचाउने पूर्वका सम्भ्रान्तहरू रयालीपछि स्वदेशी गन्तव्यमा पल्कने विश्वास गरिएको छ । यस्ता आयोजनाले पूर्वका पर्यटकीय गन्तव्यको प्रचारमा सघाएको छ ।