Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा आदिवासी जनजाति महिलालाई नर्सरी तालिम

हाम्रो कोशी आवाज
चैत्र १० २०७७, मंगलबार
धरानमा आदिवासी जनजाति महिलालाई नर्सरी तालिम

धरानः महिलाहरू उद्यमी ब्यवसायी बनाउने उद्देश्यले चारदिने ब्यवसायिक नर्सरी तालिम धरानमा शुरु भएको छ ।
चालु आर्थिक वर्ष २०७७–७८ को लक्ष्यित वर्गको बजेटबाट राष्ट्रिय आदिवासी जनजाति नगर महासंघ धरानद्वारा मंगलबार शुरु भएको छ ।
चारदिने तालिमलाई धरान उपमहानगरका सामाजिक विकास शाखा प्रमुख प्रज्ञादेवी निरौलाले उद्घाटन गरिन् ।
धरान उपमहानगर वडा नम्बर ७ स्थित क्यामेलिया नर्सरीमा तालिम सञ्चालन भइरहेको छ । ालिममा धरानमा रहेका नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध जातीय संस्थाका २० जना महिलाहरु सहभागी रहेको कुरा महासंघका अध्यक्ष चन्द्रकला प्रधानले जानकारी दिइन् । चार दिनसम्म चल्ने तालिममा युमिहाङ राई क्यामेलियाको सञ्चालक राजेश राईले प्रशिक्षण दिइरहेका छन् ।
तालिम अवधिभरमा फूलको ब्याड राख्ने बीऊ–बिजन, सिंचाइ लगायतमा जानकारी दिइनेछ ।

प्रकाशित मिति: चैत्र १० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend