Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

वैशाखमा प्रदेश १ पालिकास्तरीय खुल्ला भलिबल प्रतियोगिता हुने

हाम्रो कोशी आवाज
चैत्र १५ २०७७, आइतबार
वैशाखमा प्रदेश १ पालिकास्तरीय खुल्ला भलिबल प्रतियोगिता हुने

केराबारीः खेलकुद विकास समिति केराबारी २ ले नववर्ष २७०८ को अवसरमा प्रदेश नम्बर १ पालिकास्तरीय खुल्ला भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
समितिले आइतबार केराबारीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । प्रथम जेफाले प्रदेश नम्बर १ पालिकास्तरीय खुल्ला भलिबल प्रतियोगिता नाम दिइएको सो प्रतियोगिता बैशाख ३ गतेदेखि सञ्चालन हुने आयोजक खेलकुद विकास समिति केराबारी २ ले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, रामधुनी नगरपालिका, झापाको बिर्तामोड नगरपालिका र दमक नगरपालिका, मोरङको बेलबारी नगरपालिका, संखुवासभाको खाँदबारी नगरपालिका, भोजपुरको षडानन्द नगरपालिका, आमचोक गाउँपालिका र आयोजक टिमले सहभागिता जनाउनेछन् ।
२०४३ सालदेखि निरन्तर रुपमा हरेक नयाँ वर्षको अवसरमा भलिबल प्रतियोगिता गर्दै आएको भन्दै यसपटकदेखि दायरा बढाएर प्रदेश एकका पालिकास्तरीय कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ ।
नयाँवर्षको अवसरमा केराबारी २ सिंहदेवीस्थित जेफालेमा सांगीतिक कार्यक्रम, साहित्यिक कार्यक्रम अन्तरगत श्रृजना वाचन कार्यक्रम पनि गरिने आयोजकको भनाई छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद ७५ हजार, कप, मेडल र प्रमाणपत्र यस्तै द्वितिय हुनेले नगद ५० हजार, कप मेडल र प्रमाण पत्र दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा करिब ७ लाख खर्च हुने आयोजकको अनुमान छ ।

प्रकाशित मिति: चैत्र १५ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • इटहरीमा सडकको डिभाइभरमा मोटरसाइकल ठोक्किँदा अनिल राईको मृत्यु

    धरानः इटहरीमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते बनेका छन् । पानी परिरहेको समयमा चिप्लिएर सडकको डिभाइडरमा...

    • ८ मिनेट अगाडी
    • १ मिनेट पाठ
  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १२ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १६ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १६ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend