Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरको बजेटमा माझी जातिले भेषभुषा तयार गर्दै

हाम्रो कोशी आवाज
चैत्र १७ २०७७, मंगलबार
धरान उपमहानगरको बजेटमा माझी जातिले भेषभुषा तयार गर्दै

धरानः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकरण भएको माझी जातिको भेषभुषा तयार गर्ने १५ दिने तालिम शुरु भएको छ । नेपाल माझी उत्थान समाज धरानको आयोजनामा धरान ११ यलम्बरहाङछामा उद्घाटन भएको छ ।
नेपाल आदिवासी जनजाति नगर महासंघ धरानका सचिव हेमराज जिमी याक्खाको विशेष आतिथ्यमा उद्घाटन भएको छ । धरान उपमहानगरपालिकाको लक्षितवर्गको २०७७–७८ को बजेटबाट तालिम सञ्चालनमा आएको हो ।
विशेष अतिथी हेमराज जिमीले गत सालको लक्षित बजेट कोरोनाको कारण राहतमा कटौती भएकोले लक्षितवर्गको बजेटबाट कार्यक्रम हुन नसकेको बताए । महासंघले लोकसेवा तयारी कक्षा समेत सञ्चालन गरिने जनाउँदै उनले हाल लोकसेवा आयोगमा आवेदन माग भएकोले सबैले फारम भरेर आगामी लोकसेवा तयारी कक्षामा भाग लिन पनि आह्वान गरे ।

उद्घाटनमा महासंघका पूर्व अध्यक्ष तथा नेपाल मगर संघका धरान नगर अध्यक्ष चित्रराज थापा मगरले भाषा पहिरन नै पहिचान भएको बताए । माझी उत्थान समाज धरानका अध्यक्ष जय माझीको अध्यक्ष तामा भएको कार्यक्रममा बोल्दै उनले खोलाको भरपरेर बस्ने माझी भौतिक विकासले पुल निर्माण भएपछि नाउ खियाउने पेशा संकट परेको बताए ।
माझी समुदाय नाउ खियाउने तथा माछा मारेर जीविकोपार्जन गर्दै आएको उनले बताए । तालिममा माझी जातिले लगाउने माझी महिलाले लगाउने चौबन्दी, फरिया, स्टकोट, फेटा, कछाड उत्पादन सम्बन्धी तालिम दिने बताए । तालिममा करिब २५ जना सहभागी हुने बताए ।
धरान उपमहानगरमा माझी समुदाय २०३२ सालदेखि बसोबास गर्दै आएको अध्यक्ष माझी बताउँछन् । उनले खास थातथलो अरुण नदी, तमोर, भोटेकोसी, सुनकोशी र रामेछाप हुँदै यहाँ आएको बताए ।
हाल धरान ५ देउराली १३ घर, भोटेपुल धरान ८ मा १० धरान ११ यलम्बरहाङ चोक १४ घर वडा नम्बर १६ मा ३ घर र वडा नम्बर १३ मा ३ घरसहित धरान उपमहानगरभित्र करिब ६० घरधुरी रहेको कुरा नेपाल माझी उत्थान संघ धरानका नगर अध्यक्ष जयकुमारले बताए ।

 

प्रकाशित मिति: चैत्र १७ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend