धरानः धरान-१७, उदय टोलस्थित श्री सम्यक शिक्षा आधारभूत विद्यालयका १९८ बालबालिकाको दन्त परीक्षण गरिएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कलेज अफल डेन्टल सर्जरी, डिपान्टमेन्ट अफ पब्लिक हेल्थ दन्त चिकित्सकको आयोजना र धरान राउण्ड टेबल २६ को संयोजनमा एकदिने दन्त स्थास्थ्य परीक्षण कार्यक्रम राखिएको हो ।
कार्यक्रममा विद्यालयका बालविकास केन्द्रदेखि कक्षा-७ सम्मको १९८ जना बालबालिकाहरुको दन्त परीक्षण भएको थियो भने ५० जना बालबालिकाहरुको दाँत फुकालिएको थियो । यस्तै, २५ जनाको दाँत भरेको धरान राउण्ड टेबलका अध्यक्ष आषिश अग्रवालले जानकारी दिए । सो कार्यक्रममा सम्पूर्ण बालबालिकाहरुलाई कोल्गेट र दन्त मञ्जन वितरण गरेको थियो ।
