Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सम्यक शिक्षाद्वारा ज्येष्ठ नागरिकको उच्च रक्तचाप र मधुमेह परीक्षण

हाम्रो कोशी आवाज
चैत्र २८ २०७७, शनिबार
धरानको सम्यक शिक्षाद्वारा ज्येष्ठ नागरिकको उच्च रक्तचाप र मधुमेह परीक्षण

धरानः सम्यक शिक्षा समूह धरानको आयोजनामा निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा विशेषतः जेष्ठ नागरिकहरुको उच्च रक्तचाप, मधुमेह र रक्त समूह परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पीएसआरएन र ब्लड डोनेसन कमिटीले प्राविधिक सहयोग गरेका थिए ।
शनिबार स्वयम्भु चैत्य महाविहारमा सम्पन्न शिविरमा १०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ र केही समस्या देखिएमा अस्पताल पुगी चिकित्सकसँग परामर्श लिनु पर्छ भन्ने सचेतना समेत दिएको सम्यक शिक्षा समूहकी अध्यक्ष चन्द्रमाया शाक्यले बताइन् ।
रक्तचाप र मधुमेह परीक्षण गरेमात्र पनि धेरै रोगबाट बच्न सकिने भएकाले यो स्वास्थ्य शिविर उपलब्धीमूलक भएको कार्यक्रम संयोजक गजेन्द्र श्रेष्ठले बताए । कार्यक्रममा प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्य स्वयंसेवीहरुको सहयोग गरेको थियो । समापन कार्यक्रममा सहयोगी स्वास्थ्य स्वयंसेवीलगायतलाई धन्यवादपत्र र मायको चिनो प्रदान गरिएको थियो ।

प्रकाशित मिति: चैत्र २८ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend