Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एपिएफलाई विराट गोल्डकप

हाम्रो कोशी आवाज
बैशाख ५ २०७८, आइतबार
एपिएफलाई विराट गोल्डकप

विराटनगरः छैटौँ विराट गोल्डकपको उपाधि एपिएफले जितेको छ ।
शनिबार राति सम्पन्न फाइनल खेलमा पाहुना टोली पञ्जाब पुलिसलाई १-० ले हराउँदै एपीएफले पहिलोपटक विराट गोल्डकप जित्न सफल भएको हो ।
एपीएफका लागि १०औं मिनेटमा प्रदिप लामाले गरेको गोल नै निर्णायक भयो । विजेता एपीएफले ट्रफिसँगै नगद पुरस्कार १५ लाख १५ हजार रुपैयाँ पाएको छ ।
उप-विजेता बनेको पञ्जाब पुलिसले रनरअपको ट्रफिसँगै नगद सात लाख ५१ हजार प्राप्त गरेको छ ।

प्रकाशित मिति: बैशाख ५ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend