Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यात्रुले मास्क नलगाए १० रुपैयाँको मास्क दिनुपर्ने, स्कुलका परीक्षा नरोकिने

हाम्रो कोशी आवाज
बैशाख ६ २०७८, सोमबार
यात्रुले मास्क नलगाए १० रुपैयाँको मास्क दिनुपर्ने, स्कुलका परीक्षा नरोकिने

धरानः सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम ल्याएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी रोकथामका लागि आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको जनाइएको छ । त्यस समयपछि भने होम डेलिभरी मात्र गर्न पाइने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।
सरकारले रेस्टुरेन्ट राति ८ बजेपछि बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढेको जनाउँदै बिहान ८ देखि राति ८ बजेस्म मात्रै रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको हो ।
वैशाख मसान्तसम्मका लागि विद्यालय बन्द गरिएपनि पूर्वनिर्धारित परीक्षा भने यथावत राखिएको छ । स्कुल, विश्वविद्यालय र चिकित्सा शिक्षाको प्रयोगात्मक परीक्षा निरन्तर हुने निर्णय गरिएको मन्त्री गुरुङले बताए ।
सरकारले पूर्व निर्धारित परीक्षाहरु नरोक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोभिडसम्बन्धी आदेश जारी गर्दै पूर्व निर्धारित परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गर्ने निर्णय गरेको हो । त्यसबाहेक देशका प्रमुख शहरहरूका शैक्षिक संस्थाहरु बैशाख महिनाभर भौतिक रुपमा बन्द गर्ने तर बैकल्पिक माध्यमबाट पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ ।
सरकारले सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राख्न नपाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक यातायातमा यात्रुले माक्स अनिवार्य लगाउनुपर्ने निर्णय पनि गरेको छ । यदि मास्क नलगाए १० रुपैयाँमा मास्क दिनुपर्ने गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् ।
त्यसैगरी गाडीलाई नियमति सेनिटाइज गर्नुपर्ने, माक्स नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाइ यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने निर्णय बैठकले गरेको छ । सार्वजनिक सवारी साधनमा मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ भने सिट क्षमता भन्दा बढी राख्न पाइनेछैन ।

प्रकाशित मिति: बैशाख ६ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend