Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा संक्रमित वृद्धाको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख ८ २०७८, बुधबार
धरानमा संक्रमित वृद्धाको मृत्यु

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।
इटहरी–२ की ७८ वर्षीया महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । उनी उच्चरक्तचापको समस्याबाट समेत पीडित थिइन् ।
उनको गत चैत २४ गते प्रतिष्ठानमा भर्ना भएकी थिइन् भने उनमा २४ गते नै संक्रमण पुष्टि भएको थियो । उनको बुधबार १ः५८ बजे मृत्यु भएको हो । शवको व्यवस्थापन नियमअनुसार भइरहेको सहवप्रवक्ता पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख ८ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend