धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु भएको छ ।
धरान–११ का ४५ वर्षीय पुरुषको संक्रमणका कारण मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए । उनका अनुसार उच्च रक्तचापसम्बन्धी समस्या भएका उनमा गत ७ गते कोरोना पुष्टि भएको थियो । उनी गत ७ गते नै प्रतिष्ठानमा भर्ना भएका थिए । उनको बुधबार ११ः५७ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । शवको व्यवस्थापन नियमअनुसार भइरहेको जनाइएको छ ।