Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘कोरोना सर्छ, लाइनमा नलागौं’

हाम्रो कोशी आवाज
बैशाख ९ २०७८, बिहिबार
‘कोरोना सर्छ, लाइनमा नलागौं’

धरानः धरानमा पेट्रोल अभाव नहुने देखिएको अनुगमनमा देखिएको धरान उपमहानगरपालिकाले जनाएको छ ।
‘केहीदिनअघि धरानका पेट्रोल पम्पहरुमा अनलाइन डिलिङ गर्ने क्रममा ढिलाइ भएकै देखियो’ धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले भने, ‘अब खासै समस्या नहुने देखियो, अबदेखि आपूर्तिमा पनि खासै समस्या देखिएको पाइएन ।’
धरानमा दैनिक औसत ३० हजार लिटर पेट्रोल खपत हुने गरेको बताउँदै उनले अब ओभरस्टक गर्नुपर्ने कुनै कारण नरहेको जानकारी दिए । पेट्रोल पम्पमा मानिसहरुको भीडका कारण कोरोना संक्रमण बढ्ने खतरा समेत बढेको उनले जानकारी दिए । उनले भने, ‘बरु कसरी हुन्छ भीडभाड नगरी पेट्रोल थापौं ।’
अनुगमन अधिकृत सापकोटाका अनुसार धरानमा अहिले दैनिक ५० हजार लिटर पेट्रोल आयात भइरहेको छ । उनले बिहीबार मात्रै धरानमा ७२ हजार लिटर पेट्रोल आयात भएको उनले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख ९ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend