Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ७५ वर्षीय संक्रमित वृद्धको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख १३ २०७८, सोमबार
धरानमा ७५ वर्षीय संक्रमित वृद्धको मृत्यु

धरानः धरानमा ७५ वर्षीय संक्रमित वृद्धको मृत्यु भएको छ ।
विराटनगर–१२ का संक्रमित वृद्धको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ४ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत ४ गते नै अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचापलगायतका अन्य समस्या पनि थियो ।
सोमबार १ः१३ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख १३ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend