Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा आइसोलेसन सेन्टर बनाइने

हाम्रो कोशी आवाज
बैशाख १५ २०७८, बुधबार
सुनसरीमा आइसोलेसन सेन्टर बनाइने

धरानः कोरोना सङ्क्रमण दैनिक रूपमा वृद्धि हुँदै गएपछि सुनसरीका सबै स्थानीय तहले आइसोलेसन सेन्टर निर्माण गर्ने तयारी थालेका छन् । दुई दिनभित्र निर्माण गरिसक्ने योजनासहित स्थानीय तह काममा जुटेका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको संयोजकत्वमा सोमबार बसेको डीसीसीएमसीको बैठकले तीन दिनभित्र सबै स्थानीय तहले आइसोलेसन सेन्टर निर्माण गर्ने निर्णय गरेको हो ।
सोही निर्णयअनुसार आइसोलेसन निर्माणको काम सुरु भएको जानकारी दिइएको छ ।
सोही बैठकले सङ्क्रमणको विकराल स्थिति आउन नदिन जिल्लाका सम्पूर्ण सरकारी तथा निजी विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र आदि मङ्गलबारदेखि पूर्णरूपमा बन्द गराउने निर्णय गरेको प्रजिअ ढकालले जानकारी दिए ।
यसैगरी जिल्लामा सञ्चालनमा रहेको अक्सिजन उद्योगहरुको उत्पादन, बिक्री र माग एवं आपूर्तिको स्थितिबारे जिल्ला प्रशासन कार्यालयबाट अनुगमन गर्ने र नजिकमा रहेका नेपाल प्रहरीका युनिटहरुले नियमित रिपोर्टिङ गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
जिल्लाभित्रका सरकारी, गैरसरकारी, वित्तीय संस्था, बैङ्क आदिमा भिडभाड हुन नदिन दूरी निर्धारण, स्वास्थ्य सुरक्षा मापदण्ड पालनाका साथै सर्वसाधारणलाई मर्का नपर्ने गरी आलोपालो सेवा उपलब्ध गराउने व्यवस्था गर्ने पनि निर्णय भएको छ ।

प्रकाशित मिति: बैशाख १५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend