धरानः धरानमा ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
धनुषाका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १० गते उनमा कोरोना पुष्टि भएको थियो । उनी दीर्घरोगी थिए ।
उनी गत १० गते नै अस्पताल भर्ना भएका थिए । बुधधबार ३ः१८ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।