धरानः धनकुटामा धरान आउँदै गरेको सार्वजनिक बस र धरानबाट धनकुटा जाँदा गरेको बस एकआपसमा ठोक्किएका छन् ।
धरानबाट धनकुटातर्फ जाँदै गरेको को१ख ७७७८ नम्बरको बस र धनकुटाबाट धरान झरेको को१ख ४६१० नम्बरको बस ठोक्किएको प्रहरीले जनाएको छ ।
धनकुटाको रुद्रबारीमा बस जुधेका हुन् । एकआपसमा जुध्दा ७ जना यात्रु घाइते बनेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी सन्तुला जैसवालले घाइते सबैको धनकुटा जिल्ला अपस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

