Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी छात्रा युमी राईले अन्तर्राष्ट्रिय प्रतियोगितामा जितिन्, पाइन् सय डलर

हाम्रो कोशी आवाज
कार्तिक १९ २०८३, बिहिबार
धरानकी छात्रा युमी राईले अन्तर्राष्ट्रिय प्रतियोगितामा जितिन्, पाइन् सय डलर

धरानः धरानस्थित युएन, नवोदय कलेजमा पढ्ने छात्रालाई अन्तर्राष्ट्रिय तेक्वान्दोमा दोहोरो सफलता हात परेको छ ।
कक्षा-११ होटल म्यानजमेन्ट सङकायमा अध्यनरत् युमी राईले अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा पुनः उत्कृष्ट प्रदर्शन गर्दै कलेज र देशकै नाम उच्च राखेकी छन् । चितवन तेक्वान्दो डोजाङ (चितवन) द्वारा आयोजित ‘१ औं सौराहा ओपनिङ इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसीप–२०२६’ मा उनले स्वर्ण पदक जित्न सफल भएकी हुन् ।
युमीले प्रतियोगिताभर उत्कृष्ट कौशल प्रदर्शन गर्दै स्वर्ण पदकका साथै ‘बेस्ट फिमेल पुम्से प्लेयर’ को उपाधि हासिल गरिन् । सो उपाधिसँगै उनले नगद एक सय अमेरिकी डलर पुरस्कार समेत हात पारेकी छन् । नेपालसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, जापान र साउदी अरेबिया गरी ८ देशका करिब ८०० खेलाडीहरूको प्रतिस्पर्धात्मक सहभागिता रहेको सो अन्तर्राष्ट्रिय प्रतियोगितामा युमीले जितेकी हुन् ।
कलेजका प्रिन्सिपल डम्बरकुमार तुम्बापोले युमीको यस सफलताप्रति खुशी व्यक्त गर्दै कलेजमा अध्ययनरत विद्यार्थीहरू पढाइको साथै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अब्बल रहँदै आएको बताए । कलेजका जनसम्पर्क अधिकृत रामबहादुर लिम्बूका अनुसार कलेजले शैक्षिक गुणस्तरसँगै विद्यार्थीहरूको रुचि र प्रतिभा अनुसारका हरेक क्षेत्रमा निरन्तर साथ र सहयोग पुरयाउँदै आएकाले नै हाम्रा विद्यार्थीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा लगातार बिजेता बन्न सफल भएका हुन् ।
अनुशासित, लगनशील र पढाइका साथै खेलकुदमा पनि उत्तिकै तिखारिएकी युमी राई सहभागी भएका प्रायः हरेक प्रतियोगितामा खाली हात फर्किनु परेको छैन । कहिले स्वर्ण पदक त कहिले दोहोरो पदक जित्दै आएकी युमीको यो अन्तर्राष्ट्रिय सफलताले सिङ्गो कलेज परिवार र खेलप्रेमीहरूमा नयाँ उत्साह थपेको जनसम्पर्क अधिकृत लिम्बू बताउँछन् ।

प्रकाशित मिति: कार्तिक १९ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend