Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

५८ उत्पादनमूलक उद्योगलाई लकडाउनमा विद्युत् डिमान्ड शुल्क छुट

हाम्रो कोशी आवाज
बैशाख १७ २०७८, शुक्रबार
५८ उत्पादनमूलक उद्योगलाई लकडाउनमा विद्युत् डिमान्ड शुल्क छुट

धरानः उत्पादनमूलक उद्योगहरूले गत वर्ष भएको लकडाउन अवधिको विद्युत् डिमान्ड शुल्कमा २ अर्ब २५ करोड रूपैयाँबराबरको छुट पाएका छन् ।

सरकारले ५८ प्रकारका उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिको विद्युत् डिमान्ड शुल्क छुट दिने निर्णय गरेको थियो । सोहीअनुसार ती उद्योगहरूले सहुलियत पाएका हुन्। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले डिमान्ड शुल्क छुटबापत लक्षित उद्योगहरूले त्यस बराबर रकम छुट दिएको जानकारी दिए ।

उद्योगहरूले पाएको छुट रकम समायोजन गर्ने काम पनि थालिएको प्राधिकरणले जनाएको छ।प्राधिकरणले विद्युत् डिमान्ड शुल्कमा दिएको छुट बराबरको रकम शोधभर्ना गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ । आवश्यक प्रक्रिया पूरा भएपछि उद्योगहरुले रकमको भुक्तानी पाउने छन्। सरकारले चालू आर्थिक वर्षको बजेटमा कोरोना तथा लकडाउनबाट प्रभावित उत्पादनमूलक उद्योगलाई विद्युत् डिमान्ड शुल्कमा छूट दिने निर्णय गरेको थियो ।

सरकारले कोरोना संक्रमण रोक्न गत वर्ष चैत ११ गतेदेखि करीब ४ महिनासम्म मुलुकभर लकडाउन गरेको थियो ।

प्रकाशित मिति: बैशाख १७ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend