Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-७ का सुरज कोइराला र धरान-९ का नीरज भट्टराई लागूऔषधसहित पक्राउ

हाम्रो कोशी आवाज
बैशाख १७ २०७८, शुक्रबार
धरान-७ का सुरज कोइराला र धरान-९ का नीरज भट्टराई लागूऔषधसहित पक्राउ

धरानः लागूऔषधको कारोबार गर्ने धरानका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको जोगवनीदेखि अवैधरूपमा लागूऔषध ल्याउने क्रममा दुईजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धरान– ७ का २८ वर्षीय सुरज कोइराला र धरान–९ का ४१ वर्षीय नीरज भट्टराई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका दुवैजनाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । को२८प ७२०० नम्बरको मोटरसाइकलमा सवार भट्टराईको साथदेखि प्रहरीले ६ थान डाइलेक्स डिसी नामक लागूऔषध बरामद गरेको छ । पक्राउ परेका दुवैजनाविरुद्ध थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । नक्कली पत्रकार बनेर उनीहरुले लागूऔषध सहजै ल्याउँदै आएको प्रहरीले जनाएको छ । उनीहरुको छुट्टै दुई सञ्चार संस्थाको नक्कली परिचयपत्र पनि रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख १७ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend