Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी उपमेयरमा दोस्रोपटक संक्रमण

हाम्रो कोशी आवाज
बैशाख १७ २०७८, शुक्रबार
धरानकी उपमेयरमा दोस्रोपटक संक्रमण

धरानः धरान उपमहानगरपालिकाकी उपमेयरलाई दोस्रोपटक पनि कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार उनमा आज (शुक्रबार) परीक्षण गर्दा कोरोना देखिएको हो । एन्टिजेन परीक्षण गर्दा उनमा पोजेटिभ रिपोर्ट आएको हो । उनका एक सहयोगी कर्मचारीलाई संक्रमण देखिएपछि उनमा परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उपमेयर आफैले पनि सामाजिक सञ्जालमा कोरोना पुष्टि भएको जानकारी दिएकी छिन् । उनले संक्रमण पुष्टि भएको जानकारी दिँदै सचेत रहन आग्रह गरेकी छिन् । उपमेयर र कर्मचारीमा समेत संक्रमण पुष्टि भइसकेपछि मेयरको पनि परीक्षण गरिएको मेहताले जानकारी दिए । उनले आफूलाई कुनै लक्षण नभएको बताइन् ।
मेहताका अनुसार उनका अन्य परिवारमा भने नेगेटिभ रिपोर्ट आएको छ । यसअघि पहिलो लहरमा पनि उनमा कोरोना पुष्टि भइसकेको छ ।

धरानमा वैशाखयता मात्रै १७० मा संक्रमण भइसकेको छ । यसमा धरान उपमहानगरपालिका प्रेस संयोजक, कर्मचारीलगायतमा पनि संक्रमण पुष्टि भइसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख १७ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend