धरानः धरानका मेयर तिलक राईको एन्टीजेन रिपोर्ट नेगेटिभ आएको छ । उनको केही समयअघि मात्रै परीक्षण थालिएको थियो । अहिले करिब एकघण्टामै रिपोर्ट आउने प्रविधि आइसकेको छ ।
उपमेयर साथै प्रेस संयोजकमा संक्रमण देखिएपछि उनको पनि परीक्षण गरिएको थियो । उनको परिवारमै पनि नेगेटिभ रिपोर्ट आएको छ । मेयरसहित उनका १० जना परिवारमा एन्टीजेन परीक्षणको रिपोर्ट नेगेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । मेयर राईले भने, ‘मेरो एन्टिजेन परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ तर सतर्क भने रहनेछु, सबैमा सतर्क रहन हुन अनुरोध समेत गर्दछु । धरान उपमहानगरपालिकाका कर्मचारी, जनप्रतिनिधिमा समेत पोजेटिभ रिपोर्ट आइसकेको छ ।