Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इनरुवामा तीनदिनको बीचमा आमाछोराको मृत्यु, अन्य सदस्यमा पनि पोजेटिभ

हाम्रो कोशी आवाज
बैशाख १८ २०७८, शनिबार
इनरुवामा तीनदिनको बीचमा आमाछोराको मृत्यु, अन्य सदस्यमा पनि पोजेटिभ

धरानः इनरुवाका तीन दिनको बीचमा कोरोनाका कारण आमा छोराको मृत्यु भएको छ ।
इनरुवा नगरपालिका–३ का एक परिवारका ८४ वर्षीय वृद्धा आमाको कोरानाको कारण मृत्यु भएको तीन दिनपछि आज छोराको पनि उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । ६२ वर्षीय छोराको शनिबार बिहान नोबेल मेडिकल कलेजको कोभिड युनिटमा उपचारका क्रममा मृत्यु भएको वडा अध्यक्ष कालु राम गुरुङले जानकारी दिए ।
यसअघि होम आइसोलेसनमा बसेकी आमाको गएको बुधबार मृत्यु, भएको थियो । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका छोरालाई स्वास प्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । नोबेल मेडिकल कलेजमा पिसिआर जाँच गर्दा ८४ वर्षीय वृद्धासँगै छोराबुहारी, अरु दुई छोरीसहित परिवारका पाँच सदस्यलाई कोरोना देखिएको थियो । परिवारका अन्य सदस्य क्रियापुत्रीमा बसेका छन् भने बुहारी र दुई नातिनी अहिले होम आइसोलेसनमा छन् ।

प्रकाशित मिति: बैशाख १८ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend