चुहाडेमा पनि युवा समातिए
धरानः धनकुटा र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।
धनकुटा नगरपालिका–७ बाट धरान उपमहानगरपालिका–१९ का २३ वर्षीय भीमराज लिम्बू एभिल ४४ एम्पुल, लुपिजेसिक ३८ एम्पुल, डाइजाल्याप ४७ एम्पुल लागूऔषधसहित पक्राउ परेका हुन् ।
यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–६ चुहाडेबाट त्रियुगा नगरपालिका–१२ का २१ वर्षीय पप्पु मल्लिक डुम लागूऔषध डाइजेपाम ६० एम्पुल, न्युफिन ६० एम्पुल, फेनारगन –६० एम्पुल र सिरिन्ज –१ थान सहित शनिवार साँझ ६ बजे पक्राउ परेका हुन् । लागूऔषधसहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।