Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लकडाउनले जनगणना प्रभावित नहुने, निर्बाध काम गर्न दिन प्रशासनलाई निर्देशन

हाम्रो कोशी आवाज
बैशाख १९ २०७८, आइतबार
लकडाउनले जनगणना प्रभावित नहुने, निर्बाध काम गर्न दिन प्रशासनलाई निर्देशन

धरानः १२ औं राष्ट्रिय जनगणना पूर्वनिर्धारित कार्यतालिका अनुसार नै सञ्चालयन गर्न दिन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
कोरोना भाइरस महामारी तथा रोकथाम नियन्त्रणका लागि सरकारले लकडाउन जारी गर्ने तथा आवत–जावतमा रोक लगाइरहेको अवस्थामा जनगणनाको कामलाई भने निरन्तरता दिने गृहले मंगलबार निर्देशन दिएको हो । सबै जिल्ला प्रशासन कार्यालयलाई जनगणनाको कार्यलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई निरन्तरता दिन र बिना अवरोध संचालनका लागि आवश्यक समन्वय गर्न भनिएको छ ।
केन्द्रीय तथ्यांक विभागकाअनुसार सबै प्रदेश र जिल्लामा जनगणना कार्यालय स्थापना भइसकेका छन भने जनगणनाका सबै तयारी पूरा भइसकेको छ ।
विभागले जनगणनाका लागि तयार पारेको कार्यतालिकाअनुसार स्थलगत तथ्यांक संकलनअन्तर्गत घर तथा घरपरिवारलाई सूचीकरण कार्य बैसाख २६ गतेदेखि जेठ १४ गतेसम्म र मुख्य गणना कार्य जेठ २५ गतेदेखि असार ८ गतेसम्म सञ्चालन हुँदैछ ।
त्यस्तै बैसाख १६ गतेदेखि २२ गतेसम्म सुपरीवेक्षक तालिम र जेठ १७ गतेदेखि २२ गतेसम्म गणक तालिम सञ्चालन गर्ने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति: बैशाख १९ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend