Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

देशका मुख्य सहरमा निषेधाज्ञा लागू भएपछि विद्युत खपत घट्दै

हाम्रो कोशी आवाज
बैशाख १९ २०७८, आइतबार
देशका मुख्य सहरमा निषेधाज्ञा लागू भएपछि विद्युत खपत घट्दै

धरानः देशका मुख्य मुख्य सहरी जिल्लामा निषेधाज्ञा भएपछि विद्युत खपत पनि घट्दै गएको छ ।
बैशाख १५ गते बुधबार दुई करोड ९१ लाख युनिट विद्युत ऊर्जाको माग भएकोमा बैशाख १६ गते बिहीबार दुई करोड ८१ लाख युनिट र १७ गते शुक्रबार दुई करोड ७२ लाख युनिट मात्रै विद्युत ऊर्जाको माग भएको विद्युत प्राधिकरणको तथ्यांक छ ।
गत बुधबार १४४० मेगावाट रहेको उच्चतम विद्युत माग पनि बिहीबार घटेर १३१० मेगावाट र शुक्रबार १३५० मेगावाटमा सीमित भएको छ । निषेधाज्ञा लाग्ने जिल्ला थपिदै जाँदा विद्युत माग पनि दैनिक १० लाख युनिटका दरले घटिरहेको छ ।
गत वर्ष भने विद्युत खपत घटेर एक समय एक करोड ८० लाख युनिटसम्म सीमित भएको थिया े। जबकी त्यतिबेला सामान्यतया दुई करोड ४० लाख देखि ५० लाख युनिटसम्म मात्रै विद्युत माग हुने गरेको थियो ।
अहिले देशका २२ भन्दा बढी जिल्लामा निषेधाज्ञा छ ।

प्रकाशित मिति: बैशाख १९ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend