धरानः धरानमा ६५ वर्षीय संक्रमित महिलाको मृत्यु भएको छ ।
दमक-५ की संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १४ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत १४ गते प्रतिष्ठानमा भर्ना भएकी थिइन् । सोमबार ७ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।